३० जना ज्येष्ठ नागरिकलाई न्यानो कपडा

0
691

बिर्तामोड।

बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटीले थारु समुदायका ३० जना विपन्न नागरिकलाई न्यानो कपडा प्रदान गर्नु भएको छ ।

१५ वटै स्थानीय तहका ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई एक एक थान व्लाङ्केट प्रदान गर्नुभयो । बिर्तामोड उद्योग वाणिज्य संघमा आयोजित एक कार्यक्रमका बीच अलस्का अटो मोवाइलका सञ्चालक समेत रहनु भएका शिवाकोटीले न्यानो कपडा वितरण गर्नुभएको थियो ।

पूर्व सांसद डिल्ली सिटौला , बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, देवेन्द्र राई लगायतको आतिथ्य रहेको थियो ।

उसैबीच गौरवशाली सहकारी संस्थाले अनारमनी प्राविका रहेका २२३ जना वालवालिकालाई न्यानो कपडा वितरण गरेको छ । संविधान सभा सदस्य सुधीरकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमकाबीच हसकारीका पूर्व अध्यक्ष काँशीलाल चौधरीको पाँचौ स्मृतिमा न्यानो कपडा स्वीटर , टोपी लगायतका सामग्री वितरण गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक टंक कटुवालले स्वागत गरेको कार्यक्रम सहकारीका अध्यक्ष लव कुमार चौधरीको अध्यक्षतामा भएको सचिव तेजनारायण चौधरीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here