स्थानीय उत्पादन प्रोत्साहन गरिनु पर्नेमा जोड

0
714

गणेश अर्याल / इलाम ।

नेपाल भ्रमण बर्ष २०२० को इलामको रोङ गाउपालिकामा एक कार्यक्रम गरी रुपमा उद्घाटन गरिएको छ ।

बिहान रोङ ४ को जोरकलशमा क्षेत्रमा नेपाल भ्रमण बर्षको लोगोको अनावरण गरेपछि सूरु भएको ¥याली हासपोखरी तथा पाथीभरा मन्दिर हुदै रोङ ३ को कुटिडाँडामा पुगेर उद्घाटन सभामा परिणत भएको थियो ।

झाकीमा बिभिन्न जात जातीको मौलिक नृत्य र भेषभुषामा सजिएका युवायुवती बिभिन्न बिद्यालयका शिक्षक तथा बिद्यार्थी खेलकुदकर्मी कर्मचारी सुरक्षा कर्मी पत्रकार तथा सर्बसाधारणको सहभागिता रहेको थियो ।

सुनुवार, राई, लिम्बु, बाहुन क्षेत्री, गुरुङ, तामाङ लगायत जातिको जातीय नृत्य प्रस्तुुत गरिएको थियो भने कार्यक्रमको सूरु र अन्त्यमा सनाइ दमाहा नरसिंग सहित नौमति बाजा बजाइएको थियो ।

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न आब्हान

उद्घाटन कार्यक्रमम बोल्ने अधिकांश बक्ताहरुले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने बताएका थिए । उनीहरुले स्थानीय उत्पादनको बिकास हुन नसके सम्म पर्यटनको पनि बिकास हुन नसक्ने बताउदै बहुराष्ट्रिय कम्पनीको उत्पादनको प्रचार गर्न यस्तो पर्यटन महोत्सबको आवस्यकता नपर्ने पनि बताए ।

स्थानीय सस्कृति सस्कार भाषा धर्म र परम्परालाई जोगाउन सकेमा पर्यटकहरुलाई आकर्षण गर्न सकिने पनि बताए । यसरी मन्तब्य राख्ने हरुमा प्रदेश सभा सदस्य धिरेन्द्र शर्मा (रमण) जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल, सन्दकपुर र रोङ गाउपालिकाका अध्यक्षहरु क्रमश उदय राई र शमसेर राई, नेपाली काग्रेस जिल्ला कार्य समिति इलामकी सदस्य बिष्णु दाहाल लगायत रहेका थिए ।

उनीहरुले पर्यटक सग गर्ने बानी ब्यहोरा, स्थानीय क्षेत्रको सरसफाइ र अग्र्यानि उत्पादनमा प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । जिल्ला समन्वय समिति इलाम मेची पहाडी क्षेत्र पर्यटन बिकास समिति र रोङ गाउपालिकाको सम्युक्त आयोजनामा उद्घाटन कार्यृक्रम सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here