७१ जना विद्यार्थीलाई न्यानो कपडा वितरण

0
702

झापा।

जनआदर्श मावि शिवसताक्षी ६ शिवगञ्जका कक्षा ५ सम्मका सम्पूर्ण ७१ जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई विहीबार एक कार्यक्रमका बीच न्यानो कपडा (स्वीटर) वितरण गरिएको छ ।

जन आदर्श मा.वि. पूर्व विद्यार्थी समन्वय समिती शिवसताक्षीले आयोजना गरेको न्यानो कपडा वितरण कार्यक्रमको अध्यक्षता सिवसतासी ६ नम्बर वडाका वडाध्यक्ष, विद्यालय व्यवस्थापन समिती अध्यक्ष तथा पूर्व विद्यार्थी समन्वय समिती अध्यक्ष मनोज खुलाल कार्कीले गरेका थिए भने विद्यालयका पूर्व प्रधानाध्यापक जीवन न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।

समन्वय समिती सदस्य भगवती ढुंगेल, पूर्व विद्यार्थी महेश भण्डारी र पूर्व विद्यार्थी अनु गौतमले न्यानो कपडा खरिद गर्न आर्थिक सहयोग गरेका थिए ।

आर्थिक रुपमा विपन्न वर्गका विद्यार्थीहरुलाई जाडोमा न्यानो कपडा दिनपाउँदा आफूहरुलाई खुसी र आनन्द मिलेको भगवती ढुंगेलले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here