विद्यार्थीसंगै अभिभावकलाई पनि न्यानो कपडा

0
907

बिर्तामोड , झापा गाउँपालिका – ५ स्थित पन्थापाडाका विपन्न समुदायका विद्यार्थी र अभिभावकलाई एकै ठाउँमा राखेर न्यानो कपडा वितरण गरिएको छ ।


पन्थापाडास्थित महेन्द्र आधारभूत विद्यालयका विद्यार्थी सहित उनीहरुका अभिभावकलाई न्यानो कपडा वितरण गरिएको हो । ७० वर्ष माथिका झापा गाउँपालिका – ५ का ११५ जना ज्येष्ठ नागरिकलाई कम्वल वितरण गरिएको छ ।
विद्यालयमा आयोजित कार्यक्रमकाबीच लायन्स क्लवले तीन वटा विद्यालयका विद्यार्थीलाई एक ÷ एक जोर जुत्ता–मोजा, स्वीटर, टोपी वितरण गरेको छ भने अभिभावकलाई कम्वल वितरण गरेको हो । जुडो आधारभूम विद्यालय र लक्ष्मी आधारभूत विद्यालयका समेत ४४८ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको लायन्स क्लवका एरिया ए वान का एरिया चिफ लीला चिमरियाले जानकारी दिए ।


लायन्स क्लवका ३२५ ए वान डिष्ट्रिक गर्भनर इन्द्र खत्रीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा झापा गाउँपालिका अध्यक्ष जनयनारायण साह, उपाध्यक्ष कुन्तीदेवी वुढाथोकी, रेवतवहादुर कार्की, लगायतले बोलेका थिए । लायन्स क्लवका सुरज रौनियारले स्वागत गरेको कार्यक्रममा विद्यालयको तर्फबाट धन्यवाद ज्ञापन विद्यालयका प्रधानाध्यापक भीमप्रसाद गणेशले गरेका थिए । कार्यक्रममा झापा गाउँपालिका – ५ का वडा अध्यक्ष दीनेश प्रसाद राजवंशी झापा गाउँपालिका शिक्षा शाखा प्रमुख खड्ग खरेल लगायतको आतिथ्य रहेको थियो ।
विद्यार्थी र अभिभावकलाई एकै ठाउँमा राखेर भोजन समेत गराइएको विद्यालयका शिक्षल लोकवन्धू कटुवाल (एसएलवी)ले जानकारी दिए ।
अभिभावकसहित विद्यार्थीका लागि गरामकाली यातायात,महावीर इन्टरनेशनल सेवा ट्रष्ट, अपना घर वृद्धाश्रम सिलिगुढी, आइएमई फाउण्डेशन लगायतका संघ संस्थाले सहयोग गरेको कार्यक्रमका अध्यक्ष समेत रहेका चिमरियाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here