सहाराद्वारा रोगीको निःशुल्क उपचार

0
285

बिर्तामोड।

मस्तिष्क तथा स्नायू रोग सम्बन्धी निःशुल्क सेवा दिने उद्देश्यले सहारा नेपाल सहकारी संस्था सहित बिर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकाले दुई दिने शिविरको आयोजना गरेका छन् ।

शुक्रवारबाट शुरु भएको शिविरमा ३ सय ५० जना मस्तिष्क तथा स्नायू रोगीको उपचार गरिने भएको छ । उपचारका लागि यस अघि तीन वटा नगरपालिकाको विभिन्न स्वास्थ्य संस्थामा शिविरको आयोजना गर्दै बिरामी पहिचान गरिएको सहारा नेपाल सहकारी संस्थाका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले जानकारी दिए ।

शिविरमा नशा रोगका वरिष्ठ विशेषज्ञ डा. वसन्त पन्तसहितको टोलीले बिरामीको स्वास्थ्य जाँच गरिरहेको छ । शिविर सञ्चालनका लागि अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौं, फेमिली हेल्थ नेपाल र बीएण्डसी अस्पतालको प्रविधिक सहयोग रहेको बताइएको छ ।

सहारा नेपाल साकोसका अध्यक्ष ताराप्रसाद सञ्जेलको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगर प्रमुख ध्रुब शिवाकोटी, कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, अर्जुनधारा नगर प्रमुख हरिकुमार राना लगायतले बोलेका थिए ।

शिविरमा डा. समिर आचार्य, डाक्टर डा. पंकज नेपाल, डा. चन्द्रप्रकाश लिम्बू, डा. राजीवकुमार साह लगायतको टोलीले बिरामीको स्वास्थ्य जाँच गरिरहेको छ । सहकारीले बिरामीको शल्यक्रिया गर्नुपरेको खण्डमा समेत निःशुल्क उपचार गर्ने सहारा नेपाल सहकारी संस्थाका जीवन बरदान कार्यक्रम संयोजक भक्तवहादुर खड्काले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here