नेपाली छैनन्, दुई विदेशी पर्दामा

0
996

यो साता फ्राइडे रिलिज अन्तर्गत कुनै पनि नेपाली फिल्म प्रदर्शन भएनन् ।

बलिउडमा पनि यो नयाँ वर्ष लक्षित कुनै पनि फिल्म सार्वजनिक भएनन् । त्यसैले अधिकांश नेपाली मल्टिप्लेक्सहरुमा गत साता नै सार्वजनिक बलिउड तथा हलिउड फिल्महरु प्रदर्शनरत् छन् । गुड न्यूज, दबङ्ग, जुमान्जी, स्टार वार्स लगायत फिल्म पर्दामा टिकिरहेका छन् । हलिउड फिल्महरु ‘स्पाइज इन डिस्ग्युस’ र ‘क्याट्स’ यो साताको लागि नयाँ रिलिज हुँदैछन् ।

एनिमेटेस स्पाइ कमेडी ‘स्पाइज इन डिस्ग्युस’लाई ट्रोय क्वेन र निक ब्रुनोले निर्देशन गरेका हुन् । फिल्मले एक जासुसको कथा भन्छ जो दुई युवा वैज्ञानिकहरुको प्रयोगले परेवा बन्न पुग्छ । ती दुई वैज्ञानिकले उसलाई पुनः मानवमा रुपान्तरण गर्न गरेको अभिनय रहेको छ । फिल्ममा विल स्मिथ, टम हल्यान्ड, रसिदा जोनस, मासी ओका लगायतको अभिनय रहेको छ ।

त्यस्तै म्युजिकल फ्यान्टासी फिल्म ‘क्याट्स’ लाई टम हुपरले निर्देशन गरेका हुन् । दुई फरक पुस्तक ‘क्याट्स’ र ‘ओल्ड पोसुम्स बुक अफ प्राक्टिकल क्याट्स’ को कथामाथि बनेको फिल्ममा जेम्स कोर्डन, जुडी डेन्क, ज्यासन डेरुला, इड्रसि एल्बा लगायतको अभिनय रहेको छ । क्याट्सले शनिबारदेखि मात्र मल्टिप्लेक्समा सो पाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here