न्यूटन्सका बिद्यार्थीको उदाहरणीय काम

0
1344

बिर्तामोड।

निजी विद्यालयमा भन्दा सामुदायिक विद्यालयमा अध्ययनरत् विद्यार्थीको अवस्था दयनीय हुन्छ । प्रायः आर्थिक अवस्था न्यून भएका बिद्यार्थी सामुदायिक विद्यालयमा अध्ययन गरिरहेका हुन्छन् ।

उचित पोशाक र पाठ्यसामग्रीको अभाव झेलेर पनि उनीहरु सामुदायिक विद्यालयमा अध्ययन गर्न बाध्य हुन्छन् । यस्तै झापाको एक सामुदायिक विद्यालयमा अध्ययनरत् बिद्यार्थीलाई बिर्तामोड–५स्थित न्यूटन्स एजुकेशन एकेडेमीमा अध्ययनरत् बिद्यार्थीले पाठ्यसामग्री र स्वीटर प्रदान गरेका छन् ।

विद्यालयमा रहेको सगरमाथा टिन्स क्लवमा आबद्ध कक्षा ९ देखि १२ सम्मका विद्यार्थी र अन्य विद्यार्थीले मेचीनगर–१२ सहरेडाँगीस्थित सरस्वती बालकल्याण माविमा अध्ययनरत् कक्षा एकदेखि कक्षा ६ सम्मका विपन्न वर्गका ७२ जना विद्यार्थीलाई बिद्यालय पोशाक अनुसारको स्वीटर वितरण गरेका हुन् ।

सामान्य एकसरो पोशाक लगाएर विद्यालय आए पनि जाडोको समयमा कठ्याङ्ग्रिएर विद्यालय आउन समस्या भएका विपन्नवर्गका ७२ जना विद्यार्थीलाई स्वीटर वितरण गरिएको सगरमाथा टिन्सक्लवकी शिक्षक नायक मिनु शर्मा शिवाकोटीले जानकारी दिइन् ।

म अघि बढ्छु भन्ने नाराका साथ सगरमाथा टिन्स क्लवमा आबद्ध बिद्यार्थीले बिद्यालयको सहयोगमा खर्च जुटाएर उक्त सामग्री खरिद गरी विपन्न वर्गका विद्यार्थीलाई वितरण गरेको उनले बताइन् ।

त्यस्तै बिर्तामोडमा रहेको रिजेन्सी बुक्स एण्ड स्टेशनरीले सोही विद्यालयमा कक्षा ९ र १०मा अध्ययनरत् विपन्न वर्गका एक सय ८६ जना विद्यार्थीलाई अंग्रेजी, गणित र ऐच्छिक गणित विषयको पुस्तक समेत प्रदान गरेको विद्यालयका निमित्त प्रधानाध्यापक देवेन्द्र हुमागाँईले जानकारी दिए ।

सामुदायिक विद्यालयमा प्रायः गरेर विपन्न समुदायका विद्यार्थीहरु अध्ययनरत् रहेको र शैक्षिक सामग्रीको अभावमा उनीहरुको पठन–पाठन अवरुद्ध हुने गरेकाले त्यस्ता विद्यार्थीहरुलाई सहयोग पु¥याउन सकिन्छ भन्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको निमित्त प्रधानाध्यापक हुमागाँईले जानकारी दिए ।

आशन्न एसईई परीक्षामा उक्त विद्यालयका विद्यार्थीले पाठ्यपुस्तकको अभाव झेल्नु नपरोस् भन्ने उद्देश्यले रिजेन्सी बुक्स एण्ड स्टेशनरी बिर्तामोडका सञ्चालक गौतम शर्मा शिवाकोटी र समिर प्रसाईंले ४० हजार मूल्य बराबरको अंग्रेजी, गणित र ऐच्छिक गणित विषयको पुस्तक प्रदान गरेको उनले बताए । महंगो भएर पाठ्यपुस्तक किन्न नसकिरहेका विपन्नवर्गका बिद्यार्थीलाई उक्त पुस्तक बरदान सावित भएको उनले बताए ।

सरस्वती वालकल्याण मावि व्यवस्थापन समितिका अध्यक्ष सूर्यप्रकाश सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा न्यूटन्स एजुकेशन एकेडेमी व्यवस्थापन समितिका अध्यक्ष गौतम शर्मा शिवाकोटी, रिजेन्सी बुक्स एण्ड स्टेशनरी विर्तामोडका सञ्चालक समिर प्रसाईं, न्यूटन्स एजुकेशन एकेडेमीका निमित्त प्रधानाध्यापक देवेन्द्र हुमागाँई, सगरमाथा टिन्सक्लवकी शिक्षक नायक मिनु शर्मा शिवाकोटी, सगरमाथा टिन्सक्लवकी अध्यक्ष करिना बस्नेत लगायतले सरस्वती वालकल्याण माविका विद्यार्थीलाई उक्त सामग्री वितरण गरेका थिए ।

कार्यक्रममा सरस्वती वालकल्याण माविका प्रधानाध्यापक शुक्रराज घिमिरेले निजी विद्यालयमा अध्ययनरत् बिद्यार्थीले सामुदायिक विद्यालयमा अध्ययनरत् विपन्न वर्गका बिद्यार्थीलाई गरेको सहयोग सराहनीय भएको बताए । विद्यालयको आसन्न १७औं बार्षिकोत्सवको अवसरमा उक्त कार्यक्रम गरिएको र बार्षिकोत्सव अन्तर्गत अन्तरसदनात्मक म्याराथन दौड समेत सम्पन्न गरिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here