बिर्तामोड ।

महालक्ष्मी विकास बैंक लिमिटेड बिर्तामोड शाखा कार्यालयले चारआलीस्थित पाउ पाथीभरा मन्दिर परिसरमा डस्टवीन राखेको छ ।
पछिल्लो समय धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकसित भइरहेको पाउ पाथीभरा मन्दिरलाई दुर्घन्धरहित बनाउने उद्धेश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत डस्टवीन वितरण गरिएको महालक्ष्मी विकास बैंक लिमिटेड बिर्तामोड शाखा कार्यालयका शाखा प्रमुख विजय कार्कीले बताए ।
पाउ पाथीभरा मन्दिर परिसरमा आयोजित कार्यक्रममा महालक्ष्मी विकास बैंक लिमिटेड बिर्तामोड शाखा कार्यालयका शाखा प्रमुख विजय कार्की , अप्रेसन ईञ्चार्ज वनिता पोखरेल , कर्मचारीहरु सृजना श्रेष्ठ , दिपल अधिकारी ,तुलसी तिमल्सिनाले पाउ पाथीभरा उत्तरगंगा प्रवेशद्वार प्रवद्र्धन समितिका सचिव यमनाथ बराल , सदस्य नवराज भट्टराई , संस्थापक सदस्य नारद राईलाई उक्त डस्टवीन हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बैंकका बिर्तामोड शाखा कार्यालयका शाखा प्रमुख विजय कार्कीले महालक्ष्मी विकास बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिवद्घता जनाएका थिए ।
त्यस्तै पाउ पाथीभरा उत्तरगंगा प्रवेशद्वार प्रवद्र्धन समितिका सचिव यमनाथ बरालले महालक्ष्मी विकास बैंकले गरेको कार्यको प्रसंसा गर्दै पाउ पाथीभरा मन्दिर परिसरमा आउने भक्तजनले गर्ने फोहोरलाई व्यवस्थित गर्न डस्टवीन उपयोगी हुने बताए ।
उनले धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकसित भइरहेको पाउ पाथीभरा मन्दिरमा दैनिक एक सय भन्दा वढी र मंगलवार र शनिवार तीन सयदेखि पाँच सय भक्तजन दर्शनका लागि आउने गरेको बताए ।































