अभियान नेपाल बहुउद्धेश्यीयको १८औं सभा सम्पन्न

0
866

अर्जुनधारा ।

झापाको अर्जुनधारा–३स्थित अभियान नेपाल बहुउद्धेश्यीय सहकारी संस्था लि.को १८औं साधारण सभा शनिबार सम्पन्न भएको छ ।

स्थानीय न्यू होप अङग्रेजी आवासिय विद्यालयको सभाहलमा संस्था सञ्चालक समितिका अध्यक्ष लोकमान श्रेष्ठको अध्यक्षतामा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला सहकारी संघका सदस्य टंक बरालले पानसमा दिप प्रज्वलन गरी गरेका थिए ।

समितिका सदस्य लक्ष्मीप्रसाद इङनामले स्वागत मन्तव्य व्यक्त गरेको सभामा समितिका अध्यक्ष श्रेष्ठले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । गत आर्थिक वर्ष ०७५÷०७६ सम्म जम्मा चुक्ता शेयर पूँजी ८४ लाख ६९ हजार रहेको संस्थाले चालु आर्थिक वर्ष ०७६÷०७७ सम्म उक्त शेयर पूँजी एक करोड ५० लाख पु¥याउने लक्ष्य प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसैगरी गत आर्थिक वर्षमा एक करोड ८८ लाख दुई हजार आठ सय २३ रुपैयाँ ५१ पैसा बराबरको आर्थिक कारोबार गरेको संस्थाले चालु आर्थिक वर्षको लागि अनुमानित एक करोड ८८ लाख २० हजार पाँच सय रुपैयाँ बराबरको बजेट प्रतिवेदनमा उल्लेख गरेको छ ।

सोही सभामा लघुवित्त समूहका विपन्न सदस्यहरु कुन्तादेवी सार्की, गंगामाया दाहाल, गंगामाया सेन्च्युरी, दिलयमा दियाली र बालकुमारी रैका मगरलाई जनही नगद पाँच सय र ब्लयाङकेट प्रदान गरिएको थियो । त्यस्तै अपाङ्गता भएका दुई जना फुर्वा शेर्पा तामाङ र लीलादेवी राईलाई जनही नगद पाँच सय र ब्लयाङकेट प्रदान गरिएको थियो ।

सभामा संविधान सभा सदस्य प्रेमबहादुर गिरी, नगर सहकारी समन्वय समितिका संयोजक प्रेमसागर सापकोटा, खुदुनावारी साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष राधाकृष्ण खनाल, सुखानी कृषि सहकारी संस्थाका अध्यक्ष प्रेम चौहनलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

अर्जुनधारा–१ वडा समितिका अध्यक्ष गजाधर खतिवडा, नगर सभा सदस्य होम दुलाल, आन्तरिक लेखा समितिका संयोजक जयप्रकाश भण्डारीलगायतको आतिथ्यता रहेको सभाको सञ्चालन व्यवस्थापक हरि वाग्लेले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here