दहीझोडा सामुदायिक वनको २३औं सभा सम्पन्न

0
622

अर्जुनधारा ।

झापाको अर्जुनधारा–४ स्थित दहीझोडा सामुदायिक वन उपभोक्ता समूहको २३औं साधारण सभा शनिबार सम्पन्न भएको छ ।

समूहको कार्यालय प्राङ्गणमा अध्यक्ष खगेन्द्रकुमार सुब्बाको अध्यक्षतामा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार रानाले बिरुवामा पानी हाली गरेका थिए ।
समूहका उपाध्यक्ष रामप्रसाद गिरीले स्वागत मन्तव्य व्यक्त गरेको सभामा अध्यक्ष सुब्बाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा गत आर्थिक वर्ष ०७५÷०७६को बजेट एक करोड २५ लाख ५३ हजार नौ सय ९३ रुपैयाँ रहेको समूहले चालु आर्थिक वर्ष ०७६÷०७७को लागि अनुमानित एक करोड २६ लाख २१ हजार चार सय ४८ रुपैयाँ बराबरको बजेट नीति तथा कार्यक्रम उल्लेख गरिएको छ ।

उक्त बजेटमध्ये वन विकास खर्चमा ३२ लाख पाँच हजार चार सय ८० रुपैयाँ, गरिबी न्यूनिकरण खर्चमा ३० लाख ६५ हजार दुई सय १६ रुपैयाँ, दायित्व भुक्तानीमा २१ लाख ५० हजार दुई सय ४७ रुपैयाँ, प्रशासनिक खर्चमा १२ लाख ६५ हजार छ सय ९८ रुपैयाँ, स्थानीय तहलाई कर आठ लाख रुपैयाँ, संस्थागत विकास खर्चमा सात लाख ३० हजार, विविध खर्चमा छ लाख ८० हजार, ट्रयाक्टर सञ्चालन खर्चमा चार लाख नौ हजार नौ सय सात रुपैयाँ र सामाजिक विकास खर्चमा तीन लाख १५ हजार विनियोजन गरिएको छ ।

सोही सभामा समूहका पूर्व कर्मचारी डिकबहादुर कार्कीलाई सम्मान पत्रसहित नगद पाँच हजारबाट सम्मानित गरिएको थियो । त्यसैगरी समूहअन्र्तगत रहेको हरियाली महिला बचत तथा ऋण परिचालन समूहका सदस्य असल ऋणीद्धय कौशिला आचार्य र तीर्थ दर्जी र समूहले प्रदान गरेको तालिमबाट स्वरोजगार बन्न सफल उपभोक्ता भीमा कटुवाललाई सम्मान पत्रसहित जनही एक हजारबाट सम्मानित गरिएको थियो ।

सभामा अर्जुनधारा–४ वडा समितिका अध्यक्ष दुर्गाप्रसाद दाहाल, अर्जुनधारा–५ वडा समितिका अध्यक्ष ध्यानबहादुर भारती, सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारी, सल्लाहकारहरु अमृतबहादुर बुढाथोकी, गुह्ेश्वरी कार्की र मानबहादुर कार्की, लेखा समितिका संयोजक इन्द्रमणी पौड्याल, हरियाली महिला समूहकी संयोजक सरीता राईलगायतको आतिथ्यता रहेको थियो । सभाको सञ्चालन समूहकी सचिव नीरामाया तामाङले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here