पूर्वप्रधानमन्त्री नेपालद्वारा महाकाली नदीमा निर्माणाधीन पुलको अवलोकन

0
411

कञ्चनपुर,

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आज महाकाली नदीमा निर्माणाधीन चार लेन पुलको स्थलगत अवलोकन गर्नुभएको छ ।

उहाँले पुल निरीक्षण गर्दै पुल निर्माणकार्य निर्धारित समयमा सकिनु पर्ने र यसलाई स्थानीयको आम्दानी तथा संस्कृतिसित जोडिनुपर्ने बताउनुभयो ।

“यो महाकाली नदी हो, त्यसैले कालीमाता र शान्तिको सन्देश दिने गरी बुद्धको मूर्ति राख्न राम्रो हुन्छ” उहाँले भन्नुभयो । पुल निरीक्षणसँगै उहाँले महाकाली पुल जोड्ने छ लेन सडकसमेतको निरीक्षण गर्नुभयो । सडक निर्माणले स्थानीय बासिन्दाको आयमा वृद्धि हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

नेता नेपालसँग पुल निरीक्षणमा नेकपा केन्द्रीय सदस्य रामकुमार ज्ञवाली, कञ्चनपुर क्षेत्र नं. ३ का साँसद डा दिपकप्रकाश भट्टसहित सुदूरपश्चिम प्रदेशसभा सदस्य मानबहादुर सुनार, लालबहादुर खड्का, भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट, पूर्वमन्त्री उर्वादत्त पन्तलगायतका नेता सहभागी हुनुहुन्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here