बिर्तामोड ।

सेभेन स्टार सेक्युरिटी सर्भिस प्रालि बिर्तामोड र पूर्व प्रहरी संगठन इकाई कमिटी बिर्तामोडले संयुक्त रुपमा इलाका प्रहरी कार्यालय अनारमनी विर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनकुमार थापालाई सम्मानसहित विदाइ गरेको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीबाट सरुवा भएर प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग काठमाडौंमा जान लागेका डिएसपी थापालाई बिर्तामोडमा रहँदा आपराधिक क्रियाकलाप नियन्त्रण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सम्मानसहित विदाइ गरिएको हो ।
सेभेन स्टार सेक्युरिटी सर्भिस प्रालि बिर्तामोडका प्रवन्ध निर्देशक विजय बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सञ्चालक तथा सेक्युरिटी अफिसर मोहनविक्रम मल्लले स्वागत गरेका थिए ।
कार्यक्रममा पूर्व प्रहरी संगठनका प्रदेश नं. १ का संयोजक बलबहादुर श्रेष्ठ लगायतले डिएसपी थापाले गरेको कार्यको प्रसंसा गरेका थिए ।
कार्यक्रममा डिएसपी थापाले विर्तामोडमा रहँदा आफुले लागु औषधको कारोबार, बेश्यावृती,चोरी,डकैती लगायतका आपराधिक घटनामा समेत धेरै कमी ल्याएको बताए ।
कार्यक्रमको सञ्चालन पूर्व प्रहरी संगठनका प्रदेश नं. १ का सचिव देवीभक्त आचार्यले गरेका थिए ।





























