वन मौरीको टोकाइबाट एकको मृत्यु

0
448

चितवन,

चितवनमा वन मौरीको टोकाइबाट एक महिलाको मृत्यु भएको छ ।

आइतबार अपराह्न पूर्वी चितवनको रत्ननगर नगरपालिका ९ बेलटाँडी बस्ने ७६ वर्षीया ठगिया थरुनीको मृत्यु भएको छ । घरमै बसिरहनुभएकी थरुनीलाई वन मौरीको हुल आएर टोक्दा गम्भीर घाइते हुनुभएको थियो ।

उहाँलाई तत्कालै उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर ल्याइएको थियो । उहाँको उपचारको क्रममा मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ ।

शव परीक्षणका लागि भरतपुर अस्पताल राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here