तीन सय पिण्ट रगत सङ्कलन

0
647

 विराटनगर,

रगतको अभावलाई ध्यानमा राखी मारवाडी युवाले युवा दिवसको उपलक्ष्यमा ३०० युनिट रगत सङ्कलन गरेको छन् ।

नेपाल राष्ट्रिय मारवाडी युवा सङ्गठनले आफ्नो नवौँ राष्ट्रिय युवा दिवसका उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रममा उक्त रगत सङ्कलन गरेको जानकारी दिइयो ।

सङ्ंगठनको पुस ३ गतेदेखि सप्ताहव्यापी मनाउने दिवसको उपलक्ष्यमा नेपालभरि चार क्षेत्र र २४ मञ्चशाखाद्वारा गरिबगुरुवालाई ४०० कम्बल, ४०० क्विण्टल खाद्यान्न फलफूल, एक हजार सेनिटरी प्याड, निःशुल्क भोजन, वृक्षरोपणलगायतका कार्य गरेको महासचिव मनोज अग्रवालले बताउनुभयो ।

सङ्गठनले विराटनगर, इटहरी, रङ्गेली, इनरुवा, धरान, दुहवी, दमक, धुलाबारी, विर्तामोड, जनकपुर, हनुमान नगर, राजविराज, कलैया, लहान, नारायणघाट हेटौँडा, पोखरा, भैरहवा, नेपालगञ्ज, बुटवल, धनगढी र परासीमामा न्यानो लुगा वितरण, खाजा व्यवस्था, खाद्यान्नलगायतका सामाजिक कार्य गरेको कार्यक्रम संयोजक सन्दीप लालवानीले जानकारी दिनुभयो ।

यसैगरी भ्रमण वर्ष २०२० को सम्बन्धमा स्वदेश तथा विदेशमा रहेका आफन्तलाई धार्मिक, प्राकृति, हिमालय क्षेत्रको परिवारका साथ भ्रमण गर्न प्रचारप्रसार गरिएको सचिव सुनिल विडलाले जनाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here