दाजुभाईको झगडा एक जनाको मृत्यु

0
1028

इलाम ।

इलामको सूर्योदय नगरपालिका–१२ आठघरेमा दाजुभाई बीच झगडा तथा कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ ।

गयराती स्थानीय ४६ बर्षीय हर्कबहादुर रसाईली र ४८ बर्षीय रामबहादुर रसाईली बीच मादक पदार्थ सेवन गरी झै–झगडा हुदाँ दाजुले भाईलाई कुटपीट गर्दा ४६ बर्षीय हर्क बहादुर रसाईलीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पशुपतीनगरले जनाएको छ ।

हत्यामा संग्लग्न दाजु रामबहादुर फरार रहेको र उनको खोजनी भइरहेको इलाम प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here