पतालगंगाको शेयर पूँजी ६० लाख भन्दा बढी

0
1008

 

बिर्तामोड, पताल गंगा बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडको शेयर पूँजी ६० लाख ७९ हजार चार सय रुपैयाँ पुगेको छ । २०७६ असार मसान्तसम्ममा एक हजार २ सय ३९ शेयर सदस्यबाट शेयर पूँजी वृद्धि गरेको सहकारीका अध्यक्ष रेवती खनालले जानकारी दिनुभयो ।

सहकारीले दुई करोड ११ लाख ७० हजार ३३ रुपैयाँ वचत निक्षेप गरेको र सहकारीले यस वर्ष सात करोड ७९ लाख ३३ हजार आठ सय तीन रुपैयाँ बचत संकलन गरेको बताइएको छ । गत वर्षको तुलनामा ४० लाख ५६ हजार ९ सय ५७ रुपैयाँ निक्षेत्रपमा वृद्धि गरी मौजाद निक्षेप २ करोड ११ लाख रुपैयाँ रहेको बताइएको छ ।

६ लाख ७२ हजार रुपैयाँ संस्थाको आवद्धता र लगानीमा रहेको सहकारीको ११ औं वार्षिक साधारण सभामा जानकारी गराइयो । सहकारीले राष्ट्रिय वाणिज्य वैंक, झापा जिल्ला सहकारी संघ , नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्कुन), जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड झापामा आवद्धता जनाउँदै बचत गरेको बताइएको छ । सहकारीले २ करोड ५४ लाख ४१ हजार २ सय ६ रुपैयाँ आय आर्जनका क्षेत्रमा सहस्यहरुका लागि ऋण लगानी गरेको अध्यक्ष खनालले बताए ।

नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्कुन)का अध्यक्ष घनश्याम अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत सहकारी उपाध्यक्ष रामप्रसाद वास्कोटाले गरेका थिए । कार्यक्रममा सहकारीको भावी कार्यदीशाका विषयमा समेत छलफल भएको थियो ।

११ औं साधारण सभामा देवीभक्त आचार्य,भानु खनाल, मुना घिमिरे,नरेन्द्र ढकाल लगायतले बोलेका थिए । कार्यक्रमको संचालन सहकारीका सचिव मोहन विक्रम मल्लले गरेका थिए ।

पत्रकार ढकाल सहित दश जना सम्मानित

पतालगंगा वचत तथा ऋण सहकारी संस्थाले ११ औं साधारण सभाको अवसरमा पूर्वाञ्चल दैनिकका अनलाइन संस्करण संयोजक नरेन्द्र ढकालसहित १० जनालाई सम्मान गरेको छ ।

सहकारीको श्रीवृद्धिमा पत्रकारिताको माध्यमबाट महत्वपूर्ण योगदान पु¥याएको भन्दै पूर्वाञ्चल दैनिकका पत्रकार ढकालसहित १० जनालाई सहकारीले सम्मान गरेको हो । नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्कुन),का अध्यक्ष घनश्याम अधिकारीले सम्मानित ढकाललाई सम्मानपत्र प्रदान गरेका थिए भने सहकारीका अध्यक्ष रेवती खनालले दोसल्ला ओढाउँदै नगद प्रदान गरेका थिए ।

सहकारीले पत्रकार ढकाल सहित उत्कृष्ठ बचत कर्ता मोहमत मुस्विक्रम मुस्लिम, उत्कृष्ठ आवधक बचतकर्ता सुमित्रा अग्रवाल, उत्कृष्ठ वाल वचत कर्ता विवेक श्रेष्ठ, ज्येष्ठ शेयर सदस्य वीरवहादुर गुरुङ, उत्कृष्ठ उद्यमी धनवहादुर विक, उत्कृष्ठ कर्मचारी नवीन कटुवाल, पूर्व कर्मचारी मञ्जु खुलाल क्षेत्री, रीता देवी बञ्जारा र उर्मिला राईलाई समेत नगद सहित सम्मान गरेको छ ।

यसैगरी सहकारीले ११ हजार १ सय ११ रुपैयाँ संस्थाकी शेयर सदस्य फूलमाया विश्वकर्माको गत असारमा घर आगलागी भएकाले सहयोग स्वरुप रकम प्रदान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here