म्याग्दीमा पहिलोपटक भेटियो स्क्रब टाइफसको बिरामी

0
608

म्याग्दी,

म्याग्दीमा पहिलोपटक स्क्रब टाइफसको संक्रमित भेटिएको छ। बेनी नगरपालिका–९ की ६६ वर्षीया महिलामा स्क्रब टाइफसको संक्रमण भेटिएको हो।

बेनी अस्पतालमा आएका तीनजना शंकास्पद बिरामीलाई जाँच गर्दा ती महिलामा ण्स्क्रब टाइफस पोजिटिभ भेटिएको डा. सुदिप अधिकारीले जानकारी दिए। ज्वरो निको नभएपछि उपचारको क्रममा अस्पतालमा आउँदा स्क्रब टाइफसको संक्रमण भेटिएको उनले बताए।

जनचेतनाको अभावले यसको बिरामी बढ्न सक्ने उनको भनाइ छ। स्क्रब टाइफसका बिरामीमा आँखा रातो हुने, झाडापखला लाग्ने, टाउको दुख्ने, पसिना धेरै आउने, किराले टोकेको ठाउँमा रातो डाबर जस्तो समस्या देखिने भएकाले यस रोगबारे सर्वसाधरणलाई जानकारी गराउनुपर्ने डा. अधिकारी बताउँछन्।

मुसाबाट सर्ने भएकाले घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउने, मुसा नियन्त्रणको लागि उपयुक्त विधि अपनाउने, मुसाको बासस्थान भत्काउनुपर्ने अस्पतालका अर्का डा. मनोज घिमिरेले सुझाव दिए।-थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here