वीरता लेडी जेसीजको अध्यक्षमा सुष्मा

0
642

बिर्तामोड ।

वीरता लेडी जेसीजको सन् २०२० को अध्यक्षमा सुष्मा पौडेल चयन भएकी छिन् । बीरता लेडी जेसीजको १६ औँ शाखा अधिवेशनले पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।

अधिवेशनले कार्यकारिणी उपाध्यक्षमा संगीता चिमरिया, कामना उप्रेती, उपाध्यक्षमा संगीता कट्टेल, झुमा चुडाल, सुमित्रा भट्टराई, गीता ढुङ्गेल, महासचिवमा संगीता गिरी र कोषाध्यक्षमा हिमा पौडेललाई चयन गरेको छ ।

वीरता लेडी जेसीजकी अध्यक्ष सरु भुर्तेल खनालको अध्यक्षता तथा संस्थापक अध्यक्ष शारदा रिजालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जेसीज आस्था वाचन संगीता कट्टेलले र स्वागत हिमा पौडेलले गरेका थिए ।

कार्यक्रममा नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा निर्वाचित वीरता जेसीजका अध्यक्ष विशाल थापा , महिला उद्यमी महासंघको कार्यकारिणी सदस्य तथा प्रदेश नम्बर १ को संयोजकमा निर्वाचित वीरता लेडी जेसीजकी कानूनी सल्लाहकार गोमा भट्टराई , र बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनबाट नवनिर्वाचित अध्यक्ष जलकुमार गुरुङ , उपाध्यक्ष पर्शुराम सिटौला , सचिव मेघराज वाँस्तोला , कोषाध्यक्ष शारदा रिजाल , सदस्यहरु देवेन्द्र सिटौला , पारस मैनाली , माया प्रधान खड्गी , सिता काफ्ले , वाला खरेल लगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष जलकुमार गुरुङ , वीरता लेडी जेसीजका अध्यक्षीय सल्लाहकार सुरेशकुमार अग्रवाल, शिवकुमार अग्रवाल, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष विशाल थापा , वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष पार्वता खरेल विमली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन वीरता लेडी जेसीजकी महासचिव शुष्मा पौडेलले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here