राजमार्ग क्षेत्रका अतिक्रमित संरचना हटाइँदै

0
426

लहान,

पूर्वपश्चिम राजमार्ग क्षेत्रको सडक पेटीमा अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचनाहरु हटाउने अभियान थालिएको छ ।

जिल्ला प्रशासन कार्यलय सिरहाले स्थानीय व्यापारीद्वारा अतिक्रमण गरी सञ्चालन गरिएका फुटपाथ व्यवसाय जस्तै फलफूल पसल, सिटी रिक्सा, विङ्गर, म्याजिक पार्किङ, कपडा पसल तथा अन्य भौतिक संरचना हटाउने अभियान शुरु गरेको हो ।

सडकमै व्यापार सञ्चालन हुँदै आएको फुटपाथका कारण बजार र राजमार्गको सौन्दर्य कुरुप बन्दै गएको, सडक दुर्घटनामा वृद्धि, आवागमनमा असहज भएको भन्दै अतिक्रमित क्षेत्र खाली गराउन अभियान थालिएको सिरहाका प्रजिअ गोपालकुमार अधिकारीले जानकारी दिनुभयो ।

पहिलो चरणमा पूर्व पश्चिम राजमार्गअन्तर्गत पश्चिममा सिरहाको कमला र पूर्वमा बलानसम्म पर्ने कर्जन्हा नगरपालिका, मिर्चैया नगरपालिका, गोलबजार नगरपालिका, धनगढीमाई नगरपालिका र लहान नगरपालिकाको राजमार्गमा पर्ने क्षेत्रहरुको अतिक्रमण हटाउन थालिएको प्रअिज अधिकारीले बताउनुभयो ।

नगरपालिकाले पटक–पटक राजमार्ग छेउछाउका सडक अतिक्रमण गरी खडा गरिएका खोका, छाप्रा, फुथफाटे पसलहरु, पार्किङ, निर्माण सामग्री थुपार्ने जस्ता क्रियाकलाप रोक्न आग्रह गरे पनि अटेर गर्दै आएकाले हटाउने अभियान नै शुरु गरिएको प्रजिअ अधिकारीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here