पृथ्वी जयन्तीमा विदा दिन माग

0
659

बिर्तामोड ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बिर्तामोड नगर समितिले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको दिन सार्वजनिक विदा दिन माग गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बिर्तामोड नगर समितिले बिर्तामोड नगरपालिकाका प्रमुख धुव्रकुमार शिवाकोटी र उपप्रमुख पवित्रा महतारा प्रसाईंलाई ज्ञापन पत्र बुझाउँदै पुस २७ गते २९८ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको दिन बिर्तामोड नगरपालिकामा सार्वजनिक विदा दिन माग गरेकोे हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बिर्तामोड नगर समितिका अध्यक्ष शंकर रिजाल ,प्रदेश सदस्य शारदा रिजाल , जिल्ला कोषाध्यक्ष रञ्जु प्याकुरेल ,सदस्यहरु दिपक मास्के,रामलोचन न्योपानेसहितको टोलीले बिर्तामोड नगरपालिकाका प्रमुख धुव्रकुमार शिवाकोटी र उपप्रमुख पवित्रा महतारा प्रसाईंलाई ज्ञापन पत्र बुझाएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बिर्तामोड नगर समितिका अध्यक्ष शंकर रिजालले पृथ्वीनारायण शाह राजा मात्र नभएर आधुनिक नेपालका राष्ट्रनिर्माता भएकाले देश निर्माण गर्ने पुर्खालाई सम्मान गर्दै पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको दिन सार्वजनिक विदा दिनुपर्ने बताए ।

देशमा लोकतन्त्र र गणतन्त्र घोषणापछि सरकारले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको दिन दिँदै आएको विदा कटौती गरिँदै आएको बताउँदै उनले सरकारलाई निर्णय सच्याएर बिदा दिन माग गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बिर्तामोड नगर समितिको ज्ञापन पत्र बुझ्दै बिर्तामोड नगरपालिकाका प्रमुख धुव्रकुमार शिवाकोटीले नगर परिषद् र माथिल्लो निकायमा छलफल गरेर बिदाका लागि पहल गर्ने आश्वासन दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here