बुद्धशान्तिमा पानीघट्टामा डिप बोरिङ्गको शिलान्यास

0
636

शान्तिनगर ।

झापा बुद्धशान्ति ४ मा रहेको पानीघट्टामा डिप बोरिङ्गको शिलान्यास गरिएको छ । प्रदेश सरकारको भुमिगत जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यलयको आर्थीक सहयोगमा बुद्धशान्ति ४ को पानीघट्टामा डिप् बोरिङ् खन्ने कार्यको शिलान्यास गरिएको हो ।

डिप् बोरिङ्गको शिलान्यास जनताको समस्यालाई सुनुवाई गर्दै पहल गर्नुहुने झापा क्षेत्र नम्बर १ का सांसद गोपाल चन्द्र बुढाथाकिले गर्नुभएको थियो भने शिलान्यास कार्यक्रममा बुद्धशान्ति गाँउपालिका उपाध्यक्ष मिरा भुर्तेल, माथील्लो पानी घट्टा किसान जल उपभोक्ता समितिका अध्यक्ष चन्द्र प्रसाद पौड्याल, सचिव याम प्रसाद कट्टेल, कोषाध्यक्ष धान्य प्रसाद खतिवडा, जग्गादाता रुद्र बहादुर आलेमगर, वडाध्यक्ष बुद्धिमान लिम्बु, वडासदस्य दुर्गा पाख्रेल ढङ्गेल, नेकपा वडा इन्चार्ज गोपीकृष्ण दाहाल, सहइन्चार्ज रुद्र भण्डारी, श्यामवीर लिम्बु, प्रकाश भण्डारी लगायत स्थानिय किसानहरुको उपस्तिथिमा गरिएको थियो ।

डिप् बोरिङ्ग शिलान्यासगर्दै कार्यक्रमका प्रमूख अतिथि सांसद बुढाथोकिले डिप् बोरिङ्गको काम सफलतापुर्वक सम्पन्नको कामना गर्दै त्याँहाका किसानले अत्यधिक रुपमा पानीबाट भुमि सिञ्चित गरि कृषि उत्पादनमा जोड दिन आग्रह गर्नुभयो । सांसद बुढाथोकिले तिनैवटा सरकारले कृषिमा विशेष जोड दिएको बताँउदै उत्पादनशिल कृषिक्षेत्रमा लगानी गर्न आतुर रहेको पनि बताउनुभयो । विशेष अतिथि गाँउपालिका उपाध्यक्ष भुर्तेलले यस्ता कार्यक्रमबाट किसानले बढि भन्दा बढि फाइदा लिन सक्नु पर्ने बताउनुभयो ।

उपाध्यक्ष भुर्तेलले त्यहाका जमिनमा धानमात्रै नभई बेमौसमी अर्ग्यानिक तरकारी लगायतमा जोड दिई प्रदेशमै खेतीको क्षेत्रमा पुर्वर्कै पर्यटकिय स्थल बन्न सक्ने बताउनुभयो । वडाध्यक्ष बुद्धिमान लिम्बुले वडाले कृषि क्षेत्रमा लगान बढाउन विभिन्न योजना अघि सारेको बताँउदै युवाहरुलाई कृषिमा आकर्षित हुन आग्रह गर्नुभयो ।

उक्त ठाँउका ४५ घरपरिवारका करिब ६० विगाह जमिनमा सिँचाईका लागि र कृषिजन्य बालीको उत्पादनमा वृद्धि ल्याउन डिप् बोरिङ्ग गरिएको समितिका अध्यक्ष पौड्यालले बताउनुभयो । उहाँका अनुसार डिप् बोरिङ्गले स्थानिय ४५ घरपरिवार र आसपासका क्षेत्रहरुमा पानीको समस्याको समाधान हुने जानकारी दिनुभयो ।

भुमिगत जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यलय विराटनगरको १९ लाख ४७ हजार ९ सय ६१ रुपैँया, माथील्लो पानी घट्टा किसान जल उपभोक्ता समितिको ३ प्रतिशत श्रमदान र एवम् आर्थीक ४९ हजार ५ सय ९५ रुपैँया सहयोगमा उक्त डिप् बोरिङ्गको काम शु्रु गरिएको श्याम कट्टेलले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here