जलकन्यादेवी मन्दिरमा संगीतमय शिव महापुराण

0
1569

अर्जुनधारा ।

सम्पूर्ण प्राणी जगतको कल्याणको कामनासहित झापाको अर्जुनधारा–१० स्थित जलकन्यादेवी मन्दिरमा शनिबारदेखि संगीतमय शिव महापुराण सुरु भएको छ ।

महापुराण आयोजक समितिका संयोजक पदमलाल श्रेष्ठको अध्यक्षतामा आयोजित महापुराणको प्रमुख अतिथि प्रथम महिला जगतगुरु शंकराचार्य हेमानन्द गिरीले उद्घाटन गरेकी थिइन् ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बखतबहादुर कटुवालले मन्दिरको पृष्ठभूमि, वर्तमान अवस्था र भावी योजनाबारे जानकारी गराएको कार्यक्रममा स्थानीय जलकन्या कृतन मण्डलीले नगद २५ हजार सहयोग प्रदान गर्दै गल्ला उद्घाटन र पूष्प घिमिरेबाट धान्याञ्चल उद्घाटन भएको समितिका सचिव ओमप्रकाश भट्टराईले बताए ।

प्रमुख अतिथि शंकराचार्य गिरीबाट धार्मिक प्रवचन भएको कार्यक्रममा अर्जुनधारा–१० वडा समितिका अध्यक्ष बलदेव गोम्देन, शंकराचार्य पीठ साधुटारका लक्ष्मीप्रसाद खतिवडालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

समितिका उपाध्यक्ष चन्द्रशेखर दाहालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा अर्जुनधारा–८ वडा समितिका अध्यक्ष गोपीचन्द्र गौतम, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नगर अध्यक्ष प्रेमसागर सापकोटा, नेपाली काँग्रेसका नगर सभापति हेमराज खरेललगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन समितिका सचिव भट्टराईले गरेका थिए ।

उद्घाटन कार्यक्रम अघि विभिन्न संघ–संस्थाहरुको सहभागिता रहेको ¥यालीले वडाको विभिन्न स्थानमा कलश यात्रा सम्पन्न गरेको थियो । आगामी माघ ७ गते सम्पन्न हुने महापुराणको प्रमुख वाचक पण्डित नेत्रप्रसाद भट्टराई र उपवाचक पण्डित खगेन्द्र निरौला रहेका छन् ।

मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलकोरुपमा विकास गर्ने उद्धेश्य लिएको समितिको लक्ष्य जीर्ण अवस्थामा रहेको मूल मन्दिरको पुर्ननिर्माणसँगै विविध कार्यहरु गर्ने रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here