झापामा किराना पसलबाटै लागूऔषध कारोबार

0
843

झापा ।

झापालाई लागूऔषध मुक्त बनाउन प्रहरीले विभिन्न अभियान सञ्चालन गरेपनि किराना पसलबाट समेत लागुऔषधको कारोबार हुनेको तथ्य खुलेको छ ।

बिर्तामोड–५ स्थित किरात चौकबाट भानु दाहालले सञ्चालन गरेको किराना पसलबाट लागूऔषधको कारोबार हुने गोप्य सुचनाका आधारमा प्रहरीले छापामारेको थियो । उनले अवैध रुपमा लागूऔषधको कारोबार गर्ने सुचना पाए लगत्तै शुक्रबार राती छापामार्दा उनको पसलबाट ट्रामाडोल ५० लेखिएको ९८ वटा ट्याब्लेट, स्पामिड लेखिएको १५० वटा ट्याब्लेट,स्पार्समिड लेखिएको २ वटा ट्याब्लेट बरामद गरेको प्रहरीले जनाएको छ ।

खुल्ला सिमानाको फाचइदा उठाउदैं झापाका विभिन्न शहरहरुमा लागूऔषधको कारोबार हुनेगरेको बताइरहेका बेला बिर्तामोड स्थित किराना पसलबाट नै लागूऔषध कारोबार हुने गरेको घटना सार्वजानिक भएपछि प्रहरीले अवैध रुपमा लागूऔषध हुने क्षेत्रको दायरा बढाउने भएको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाका अनुसार– गत वैशाखबाट हालसम्म ५० बढी विद्यालयमा सयभन्दा बढी कक्षा सञ्चालन गरिएको छ । विद्यालय उमेर समुहका विद्यार्थी कुलतमा फस्ने भएकाले लागूऔषध विरुद्धका कक्षा सञ्चालन गरेर विद्यार्थीलाई सचेतना फैल्याउने काम भएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

इलाका प्रहरी कार्यालय अनारमनीले गत बैशाखदेखि हालसम्म ३८ जना विरुद्ध लागूऔषध विरुद्धको मुद्धा दायर गरिएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए । उनीहरुको साथबाट ३२८ ग्राम ३८५ मिलिग्राम ब्राउसुगर, आठ सय मिलिग्राम गाँजा, ६ सय एम्पुल लुपिजेसिक लगायतका प्रतिबन्धित लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ ।

राष्ट्र समृद्धीका लागि एक व्यक्ति, समुदाय तथा गाउँ समृद्धी हुनु पहिलो आबश्यकता हो, तर प्रहरीले विभिन्न विद्यालयमा अभियान नै सञ्चालन गरेर लागुऔषध विरुद्धका कार्यक्रम सञ्चालन गरेपनि किराना पसलबाटै लागूऔषध कारोबार हुनेगरेको घटना सार्वजानिक भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here