रबर संकलन केन्द्रमा बम प्रहार

0
1076

इलाम।

शुक्रवारराति माई नगरपालिका–४को चिलिमकोट चिया बगान क्षेत्रभित्र रहेको रबरको कच्चा पदार्थ संकलन केन्द्रमा अज्ञात समूहले प्रेसर कुकर बम प्रहार गरेको छ ।

बम प्रहारबाट रबरको चोप संकलन गर्ने घरको छानो र मूलढोकामा क्षति पुगेको छ । राति करिब ११ बजे आएको अज्ञात समूहले रबर कम्पनीबिरुद्ध हाम्रो दुष्मनी छ, तपाईंहरु यस स्थानलाई छोडिदिनुहोस् भन्दै हिन्दी र नेपाली भाषामा ठूलो स्वरमा सूचना गरेको स्थानीयले बताएका छन् । उनीहरुको सूचनापछि दुई पटकसम्म बम पड्किएको थियो ।

भारतीय बिस्तारबाद मुर्दाबाद भन्दै संघाई कम्पनीको बिरोधमा सो समूहले नारा समेत लगाएको थियो । माई नगरपालिका वडा नम्बर ४ क्षेत्रमा रहेको चिलिमकोट चिया कमानमा रोपिएको एक सय ४० वटा रबरका रुख समेत सो समूहले काटेर नष्ट गरेको स्थानीय गर्जमान तामाङले बताए ।

चिलिमकोट चिया कमान क्षेत्रमा संघाई कम्पनीले हाल रबरको रुख रोपी र चोप संकलन गर्दै आएको छ । झापा र इलामको ७ चिया बगान संघाईले ५० बर्षका लागि चिया उत्पादन र संरक्षण गर्न लिजमा लिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here