करातेमा इलामलाई आठ पदक

0
341

इलाम।

सितोरियो कराते जिल्ला शाखा पाँचथरको आयोजनामा भएको आमन्त्रित अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा इलामले दुई स्वर्ण, तीन कास्य र तीन रजत गरी आठ पदक जितेको छ ।

प्रतियोगितामा सितोरियो कराते इलामका कराते खेलाडी सविन मगरले ६० केजी तौल समूहमा स्वर्ण पदक र कातामा कास्य जितेका छन् । त्यस्तै सूर्योदय नगरपालिकाका सौगात राईले ६७ केजी तौल समूहमा स्वर्ण पदक जितेका छन् भने ६८ केजी तौलभन्दा माथिका समूहमा निशा राईले कास्य पदक जितेकी छिन् ।

त्यसैगरी रोङ्ग गाउँपालिकाकीे समिक्षा लेप्चाले ५५ केजी तौल समूहमा कास्य पदक जितेकी छिन् भने ६८ केजी तौलभन्दा बिशाल राईले कास्य पदक जितेका छन् ।

त्यस्तै माई नगरपालिकाको अञ्जली राईले ५९ केजी तौल समूहमा रजत पदक जितेकी छिन् भने महिला टिम फाइटमा इलामले कास्य पदक जितेको टिम प्रशिक्षक धर्मेन्द्र गुरुङले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here