सडकको काम सुस्त,मन्त्री नेम्वाङद्वारा अनुगमन

0
501

पाँचथर।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङले राँके–रवि–भेडेटार सडकको काम सुस्त भएपछि निर्माणाधीन आयोजनाको स्थलगत अनुगमन गरेका छन् ।

ठेकेदार कम्पनीले १० महिना अघिदेखि कामको थालनी गरे तापनि लक्ष्य अनुसारको प्रगति नदेखिएपछि मन्त्री नेम्वाङले उक्त आयोजनाको अनुगमन गरेका हुन् ।

अनुगमनमा मन्त्रालयका सचिव देवेन्द्र कार्की, सडक विभागका महानिर्देशक केशवकुमार शर्माका साथमा छिमेकी जिल्लाका संघीय तथा प्रदेश सांसदहरुको समेत सहभागिता रहेकोे थियो । उनले आयोजनाका इञ्जिनियर र ठेकेदार कम्पनीका प्रतिनिधिसँग पनि काममा ढिलाइ भएको बारेमा फिल्डमै छलफल समेत गरेका थिए । जनप्रतिनिधि, ठेकेदार, स्थानीयबासी र सरोकारवालासँग छलफल गर्दै मन्त्री नेम्वाङले समयमै काम सक्ने वातावरण बनाउन सरोकारवालालाई निर्देशन समेत दिए ।

नेपाल सरकारको १३ प्रतिशत र भारत सरकारको ८७ प्रतिशत लगानीमा ५० प्रतिशत सामाग्री भारतको प्रयोग गर्ने गरी न्यूनतम् ब्याजदरमा भारतीय एक्जिम बैंकको ऋण सहयोगमा तीन अर्ब ६५ करोडमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ । भारतीय टपटेनभित्र पर्ने कम्पनी एप्कोले निर्माणको जिम्मा लिएको छ ।

तीन दशकअघि सुचारु भएको सडकलाई कालोपत्र गर्न गत वर्ष प्रधानमन्त्री ओलीद्वारा शिलान्यास गरिएको थियो । सात मिटर फराकिलो बन्ने यो सडक तीन वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का भएको छ ।

एक सय एक किलोमिटर लामो पहाडी क्षेत्रको नमूना रूपमा बन्ने यस सडकमा कुनै पनि नदिनाला नपर्ने भएकोले कठिन समस्या नहुने बताउँदै आवश्यक संरचना हटाउन सम्बन्धित पक्षसँग समन्वय गरि तत्काल कालोपत्रेको कार्य अघि बढाउन उनले निर्देशन दिएका छन् ।

हाल यस आयोजनाको काम ग्रेड कटिङ्ग, व्याक कटिङ्ग, स्टक्चर निर्माण लगायतको काम भइरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here