भिसा शुल्कमा वृद्धिसँगै राजस्वमा समेत उल्लेखनिय प्रगति

0
562

लक्ष्मी उप्रेती / काँकरभिट्टा,

पूर्वीनाका हुदै पैदलमार्ग भएर नेपाल घुम्न आउने पर्यटकको संख्यामा तथा भिसा शुल्कमा वृद्धि गरेसँगै राजस्वमा समेत उल्लेखनिय वृद्धि भएको छ ।

अध्यगमन कार्यालय काँकरभिट्टाका अनुसार चालु आर्थिक वर्ष २०७६÷ ०७७ को वितेको पाच महिनामा भिसा जारी गरेवापत ५६ लाख २१ हजार ६६ रुपैयाँ संकलन गरेको छ । जुन रकम अघिल्लो आर्थिक वर्ष २०७५÷ ०७६ को एकवर्षे अवधिको तुलनामा करीव ५० प्रतिशत हो । अघिल्लो आर्थिक वर्ष २०७५÷ ०७६ को १२ महिनामा कार्यालयले १ करोड २२ लाख ९३ हजार ७ सय ३२ रुपैयाँ राजस्व संकलन गरेको थियो ।

कार्यालय प्रमुख जनक कोइरालाले यसरी नै राजस्व संकलन हुदै गए गतवर्षको तुलनामा चालुआर्थिक वर्षमा राजस्व वृद्घि हुनेमा विश्वास व्यक्त गर्नुभयो । राजस्वको प्रगतिमा काँकरभिट्टा नाका हुदै पैदलमार्ग भएर नेपाल घुम्न आउने पर्यटकको संख्या र भिसा शुल्कमा बृद्घि नै मुख्य रहेको उहाँको भनाई छ ।

कार्यालयले दिएको जानकारी अनुसार अध्यागमनले तीन प्रकारका भिसा जारी गर्ने गरेको छ । कार्यालयले १५ दिनका लागि भिसा जारी गरे वापत युएसए ३० डलर ३० दिनका लागि ५० डलर र ९० दिनका लागि एकसय २५ डलर लिने गरेको जनाएको छ । कार्यालयले अफगानिस्तान, ईराक, घाना, जिम्बाबे, नाईजेरिया, लाईवेरिया, ईथोपिया, क्याम्ब्रन, सोमालिया, प्लेस्टाईन, स्वीजरलेण्ड लगायतका ११ मुलुका पर्यटकलाई भने नेपाल सरकारले भिसामा रोक लगाएको जनाएको छ ।

विदेशीले काठमाण्डौ, पोखरा, लुम्बिनी, चितवन गोर्खा, मनकानम लगायतका धार्मिक एवम् पर्यटकिय स्थल घुम्न मन पराउने गरेका छन् । नेपाल घुम्न आउने पर्यटकको संख्या सन् २०१८ को तुलनामा सन् २०१९ मा १९ दशमलव ५८ प्रतिशतले वृद्घि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here