मोहनमायाको ५२ औं वार्षिकोत्सव

0
1054

बिर्तामोड ।

बिर्तामोड नगरपालिका – २ रामचौकमा रहेको मोहनमाया माध्यमिक विद्यालयले ५२ औं वार्षिकोत्सव मनाएको छ ।

महान्यायाधिवत्ता अग्नि प्रसार खरेलको प्रमुख आतिथ्थ र व्यवस्थापन समिति अध्यक्ष नारायण राजवंशीको अध्यक्षतामा आयोजित कार्यक्रमकाबीच विद्यालयले वार्षिकोत्सव मनाएको हो ।

सो अवसरमा विद्यालयको चौथो तल्लाको उद्घाटन गरिएको छ । लोकनाथ चम्लगाई र डीकुरादेवी चम्लगाईले निर्माण गरिदिएको दुई कोठे भवन निर्माण गरिदिएका हुन् ।

विद्यालयका प्रधानाध्यापक शेरवहादुर श्रेष्ठले स्वागत गर्दै विद्यालयको गतिविधिका विषयमा प्रकाश पारेको कार्यक्रममा प्रदेश सांसद एकराज कार्की, जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेल,सीटीइभीटीका १ नम्वर निर्देशक डा शिव प्रसाद दाहाल, विर्तामोड नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडा, विर्तामोड नगरपालिका उपप्रमुख पवित्रा महतरा प्रसाई, बिर्तामोड शिक्षा शाखा प्रमुख तीलचन भण्डारी,विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष देवीप्रसाद गिरी, विर्तामोड नगरपालिका १ का वडा अध्यक्ष अग्निप्रसाद पाण्डे, २ का वडा अध्यक्ष नगेन्द्र संग्रौला , विर्तामोड नगरपालिका शिक्षक महासंघका अध्यक्ष युवराज कट्टेल , लगायतले बोलेका थिए ।

विद्यालयकी शिक्षक अनिता कार्की वस्नेतले स्वागत गरेको कार्यक्रममा विद्यार्थीले पीटी प्रर्दशन गरेका थिए । सो अवसरमा विद्यार्थीले नृत्य, वालगीत प्रस्तुत गरेका थिए । अन्तरकक्षा नृत्य प्रतियोगिता समेत भएको थियो ।

कार्यक्रममा डम्वर वहादुर वस्नेत र लीलानाथ खत्रीले निर्णायकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका सह प्रधानाध्यापक भवानी प्रसाद राजवंशीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here