निर्मला पन्तको घटनाबारे अनावश्यक गिजोलिरहेका कारण अनुसन्धान प्रभावित – महान्यायधिवक्ता

0
618

 

बिर्तामोड, झापाको बिवर्तामोडमा कानूनी चिकित्सा र विद्यमान कानूनी व्यवस्थाबारेमा सरोकार पक्षसँगको अन्तरक्रिया सम्पन्न भएको छ ।

बिर्तामोडमा रहेको विएण्डसी अस्पताल संगको समन्वयमा जिल्ला सरकारी वकिलको कार्यालय र जिल्ला प्रहरी कार्यालयको स.युक्र आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै महान्यायधिवक्ता अग्निप्रसाद खरेलले चिकित्सकले सही प्रतिवेदन नलेखिदिँदा गम्भीर प्रकृतिका घटनाको अनुसन्धानमा ढिलो हुने र अपराध गर्नेले उन्मुक्ति पाउने बताउनुभएको छ । उहाँले घटनाको प्रकृतिलाई राम्रो अध्ययन र प्रयोगशाला जाँच गरेर प्रतिवेदन नदिए अपराध गर्नेले उन्मुक्ति पाउने बताउनुभयो ।

राजनीतिक दल, पत्रकार र सामाजिक सञ्जाल चलाउनेहरुले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटनाबारे अनावश्यक गिजोलिरहेका कारण अनुसन्धान प्रभावित भएको उहाँको आरोप छ ।

महान्यायधिवक्ताको कार्यालय काठमाडौंँका सहन्यायधिवक्ता लोकराज पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डा हरिहर वस्ती, डा अर्चना चौधरी , इलाका प्रहरी कार्यालय अनारमनी प्रहरी नायव उपरीक्षक मोहन थापा लगायतले सहजीकरण गर्नुभएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले स्वागत गर्नुभएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उदय राना मगर, बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटीले आ आफ्नो धारणा राख्नु भएको थियो ।

कार्यक्रमको सञ्चालन जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी महेन्द्र श्रेष्ठले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here