सिम्रिकद्धारा विद्यार्थीलाई न्यानो कपडा प्रदान

1
661

बिर्तामोड ।

झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले बिर्तामोडमा रहेको एक विद्यालयका विपन्न वर्गका विद्यार्थीलाई न्यानो कपडा प्रदान गरेको छ ।

संस्थाले बिर्तामोड – २ रामचौकमा रहेको मोहनमाया माध्यमिक विद्यालयमा अध्ययनरत् विपन्न वर्गका विद्यार्थीलाई न्यानो कपडा प्रदान गरेको हो ।

विद्यालयको ५२ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमलबहादुर वस्नेत , तालिम विभाग प्रमुख विजय बस्नेतलगायतले विद्यालयमा अध्ययनरत् विपन्न वर्गका ६० जना विद्यार्थीलाई न्यानो कपडा प्रदान गरेका थिए ।

न्यानो कपडाको अभावमा जाडोले गर्दा कठ्याङ्ग्रिएर विद्यालय आउन नसक्ने विद्यार्थीलाई विद्यालय आउन सहजता प्रदान गर्ने उद्धेश्यले न्यानो कपडा प्रदान गरिएको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमलबहादुर वस्नेतले बताए । संस्थाको सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त कार्यक्रम गरिएको उनले बताए ।

कार्यक्रममा महान्यायाधिवक्ता अग्निप्रसाद खरेल, प्रदेश सांसद एकराज कार्की, जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेल,सीटीइभीटीका १ नम्वर निर्देशक डा शिव प्रसाद दाहाल, विर्तामोड नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडा, विर्तामोड नगरपालिका उपप्रमुख पवित्रा महतरा प्रसाई, बिर्तामोड शिक्षा शाखा प्रमुख तीलचन भण्डारी,विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष देवीप्रसाद गिरी, विर्तामोड नगरपालिका १ का वडा अध्यक्ष अग्निप्रसाद पाण्डे, २ का वडा अध्यक्ष नगेन्द्र संग्रौला , विर्तामोड नगरपालिका शिक्षक महासंघका अध्यक्ष युवराज कट्टेल लगायतले संस्थाले गरेको कार्यको प्रसंसा गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक शेरवहादुर श्रेष्ठले विपन्न वर्गका ६० जना विद्यार्थीलाई न्यानो कपडा प्रदान गरेकोमा सिम्रिक साकोसलाई धन्यवाद दिएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण राजवंशीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विद्यालयका सह प्रधानाध्यापक भवानी प्रसाद राजवंशीले गरेका थिए ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here