धनुषा,
जनकपुरधाम उपमहानगरपालिकाले स्वर्गीय सञ्चारकर्मी उमा सिंहको स्मृतिमा अक्षयकोषको स्थापना गर्ने भएको छ ।
उपमहानगरपालिका प्रमुख लालकिशोर साहले कोषमा रु पाँच लाख प्रदान गरिने भिजिट मधेशद्वारा आइतबार जनकपुरमा आयोजित कार्यक्रममा जानकारी दिनुभयो ।
उहाँले ‘कर्मवीर योद्धा’ सिंहको स्मृतिमा अक्षयकोष स्थापना गरिने जानकारी दिँदै स्वतन्त्र तथा निष्पक्ष रुपमा कलम चलाउनेलाई सम्मान प्रदान गरिने बताउनुभयो ।
जनकपुरस्थित रेडियो टुडेमा कार्यरत सिंहको २०६५ पुस २७ गते राति हत्या गरिएको थियो ।































