भ्वाइस अफ नेपालको टिम बुद्धशान्ति आउने

0
631

बिर्तामोड

संगितको माध्यमबाट पनि सामाजिक काम गर्न सकिने भन्दै झापाको बुद्धशान्तिका युवाहरुले र्दुब्यसनीमा फसेका ५ जना युवालाई निःशुल्क उपचार गर्ने भएका छन् ।

सामाजिक काममा सक्रिय युवाहरुले आगामी माघ २२ गते बुद्धशान्तिमा भ्वाइस अफ नेपाल सिजन–२ पूर्वाञ्चल टुर २०२० को आयोजना गरेका छन् । आर्शिवाद प्रतिष्ठानले आयोजना गरेको सांगितिक कार्यक्रममा १५ हजारबढीले सहभागिता जनाउने आशिर्वाद सुधार केन्द्रका अध्यक्ष प्रेम लिम्बुले जानकारी दिए ।

बुधबारेमा सोमबार प्रत्रकार सम्मेलन गर्दै भ्वाइस अफ नेपाल सिजन–२ पूर्वाञ्चल टुर २०२० को कार्यक्रम बुद्धशान्तिबाट सुरुहुने बताइएको छ । सांगितिक कार्यक्रममा भ्वाइस अफ नेपालका विजेता राम लिम्बु सहित आरिफ रौफ, सनिस श्रेष्ठ, विकास लिम्बु, अन्जु रानामगर, यान्की येल्मोका साथमा विभिन्न कलाकारहरुले सांगितिक प्रस्तुती दिने आयोजक समितिका संयोजक नन्दु राईले बताए ।

१० लाख ३० हजारबढी खर्च अनुमान गरिएको कार्यक्रममा झापासहित, इलाम, पाँचथर तथा छिमेकी मुलुक भारतबाट समेत दर्शकहरुको उपस्थिती हुने सह–संयोजक विनोद नेम्वाङले जानकारी दिए ।

सांगितिक कार्यक्रमको आयोजना गरेर संकलन भएको रकमले र्दुब्यसनीमा फसेका तर उपचार खर्च नभएर सुधार केन्द्रमा राख्न नसकिएका ब्यक्तिहरुलाई निःशुल्क उपचार गर्ने उद्धेश्यले यो कार्यक्रमको आयोजना गरेको कार्यक्रमका सचिव गजुहाङ योङयाङले जानकारी दिए । दुई सय दरको टिकटको ब्यवस्था गरिएको बताइएको छ ।

२०७१ सालमा स्थापना भएको आर्शिवाद सुधारकेन्द्रले हालसम्म एक हजार दुई सय ५० बढीलाई उपचार गरिसकेको र हाल पनि २२ जनालाई सुधार केन्द्रमा राखेर उपचार भइरहेको बताइएको छ । समाज परिर्वतनका लागि युवाहरुले गरेको कामलाई सबैले साथ दिएको र सांगितिक कार्यक्रमले मनोरञ्जनका साथै परोपकारी काम पनि हुनेभएकाले भ्वाइस अफ नेपालको टिमलाई पूर्वमा पहिलो पटक बुद्धशान्तिमा ल्याउन सफल भएको आयोजकले जनाएको छ ।

र्दुब्यसन रहित समाज निर्माणका लागि युवाहरु एक भएको भन्दै कुलतमा फसेकाहरुलाई सुधार गर्नु नै आफुहरुको मुख्य उद्धेश्य रहेको आर्शिवाद प्रतिष्ठानले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here