प्रदेश सरकाको सहयोगमा झापामा छ वटा प्रहरी भवन निर्माण

0
745

बिर्तामोड ।

१ नम्वर प्रदेश सरकारको सहयोगमा झापामा थप ६ वटा प्रहरीका लागि नयाँ भवन निर्माण शुरु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा सहित ५ वटा प्रहरी कार्यालयमा नयाँ प्रहरी भवन निर्माण शुरु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिनुभयो ।

प्रहरी नायव उपरीक्षक कोइरालाका अनुसार ट्राफिक भवन सहित इलाका प्रहरी कार्यालय कुमरखोद, घैलाडुब्बा, काँकरभिट्टा, कोहोभरा र सिमा प्रहरी चौकी केचनामा प्रहरी भवन निर्माणाधीन छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको भवन निर्माणका लागि एक करोड ८६ लाख ७७ हजार ४ सय ८५ रुपैयाँ वजेट प्राप्त भएको छ । प्राप्त वजेटले कार्यालय भवन, मेष, सौचालय र सेफ्टी ट्याङ्की निर्माण गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक होम प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

त्यस्तै दुई करोड ३५ लाख ८७ हजार ६ सय २८ रुपैयाँको लागतमा इलाका प्रहरी कार्यालय कुमरखोदको प्रहरी भवन निर्माण शुरु भएको छ ।

२ करोड ३३ लाख १३ हजार ६ सय ९३ रुपैयाँको लागतमा इलाका प्रहरी कार्यालय घैलाडुब्बा , २ करोड ८३ लाख ३४ हजार ६ सय ४९ रुपैयाँको लागतमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा, १ करोड २६ लाख २ हजार ८ सय १२ रुपैयाँको लागतमा कोहोभरा र १ करोड ६३ लाख ७५ हजार ५ सय एक रुपैयाँको लागतमा सिमा प्रहरी चौकी केचनाको प्रहरी भवन निर्माण भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

निर्माणाधीन प्रहरी कार्यालय भवन २०७७ साल जेठ भित्र निर्माण सम्पन्न गरिसक्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here