समाजसेवी राजवंशीलाई लक्ष्मीथानको सम्मान

0
485

झापा,

सामाजिक सेवामा सक्रिय रहेकी बाह्रदशी गाउँपालिका–१ भागुडुव्वा निवासी सुशीला राजवंशीलाई सम्मान गर्दै लक्ष्मीथान बचत तथा ऋण सहकारी संस्था लिमिटेड राजगढले १०औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

बाह्रदशी गाउँपालिका उपाध्यक्ष रत्नाकुमारी राजवंशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राजवंशीलाई समाजमा शान्ति सु–व्यवस्था कायम राख्न महत्वपूर्ण योगदान पु¥याएको भन्दै सम्मान गरिएको थियो ।

राजवंशीले भागुडुब्बामा सशस्त्र प्रहरीको वेस क्याम्प राख्न ५ कठ्ठा जमिन प्रदान गरेको भन्दै सम्मान गरिएको हो । घेरावारी सहित भागुडुब्बामा सशस्त्र प्रहरीको क्याम्प वसेपछि चोरी, डकैतीका घटनामा कमी आएको बताइएको छ ।

यसैगरी सहकारीले आफ्नो वार्षिक उत्सवको अवसर पारेर उत्कृष्ट वचत कर्ता वाह्रदशी–२ निवासी लीला राजवंशी, उत्कृष्ठ ऋणी शरणामती निवासी अनिता कुमार गणेश, उत्कृष्ट निक्षेप क्रमिकतर्फ भागुडुब्बा निवासी भरतकुमार राई, राम्रो निक्षेपकर्ता बाह्रदशी–२का लीलामाया कार्की र ज्येष्ठ नागरिकतर्फ शरणामती निवासी ७१ वर्षीय महवुल मियालाई सम्मान गरिएको थियो ।

सहकारीका अध्यक्ष प्रेमवहादुर घिमिरेले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले ६० लाख चुक्ता पुँजी, तीन करोड ५० लाख निक्षेप मौजात, तीन करोड ७० लाख ऋण लगानी, गरेको बताएका थिए । ५१ लाख रुपैयाँ कूल आम्दानी गरेको सहकारीले कूल बचत १६ लाख रुपैयाँ गरेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।

सहकारीमा एक हजार पाँच सय शेयर सदस्य रहेको बताइएको छ । इन्द्रप्रसाद राजवंशीले स्वागत गरेको कार्यक्रममा उन्नति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रदीप निरौला, लक्ष्मीथान सहकारीका संस्थापक अध्यक्ष धनेश्वरप्रसाद राजवंशी, राजगढ सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष रामप्रसाद दुलाल, बाह्रदशी वडा नम्वर ३ का अध्यक्ष बीरेन्द्रप्रसाद राजवंशी लगायतले बोलेको लेखा समिति सदस्य टोपेन्द्र राजवंशीले जानकारी दिए ।

यसैबीच साधारणसभाले सहकारीको रिक्त रहेको पदलाई पूर्णता दिएको छ । रिक्त पदमध्ये उपाध्यक्षमा हरबहादुर राजवंशी, सचिवमा टेकबहादुर सिंह राजवंशी, कोषाध्यक्षमा डिल्लीराम पाण्डे र सदस्यहरुमा राधादेवी राजवंशी र प्रकाश राजवंशीलाई चयन गरेको छ ।

सल्लाहकार समितिको सदस्यमा खड्गनारायण राजवंशी तथा बझारुलाल राजवंशीलाई चयन गरिएको अध्यक्ष घिमिरेले जानकारी दिए । कार्यक्रमको सञ्चालन रामबहादुर बुढाथोकीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here