वैज्ञानिक तथ्यले पनि पुष्टि गर्छ तिलको लड्डु खानुका फाइदा

0
743

ऐजेन्सी।

मकर संक्रान्ति अर्थात माघे संक्रान्तिको दिन तिलको लड्डु, खिचडी, तरुल लगायत खानेकुरा खाने चलन छ । कतिपय स्थानमा त पुस महिनाको अन्तिम दिन अर्थात पुस मसान्त मै बनाएर राखेका यस्ता खानेकुरा भोलिपल्ट संक्रान्तिको दिन भगवान सूर्यलाई चढाएर सेवन गर्ने गरिन्छ ।

यो त भयो परम्परागत अर्थात धार्मिक विश्वास । यसरी माघे संक्रान्तिमा तिलको लड्डु, गुड, खिचडी खानुलाई परम्परागत रुपमा मात्रै लिनु उपयुक्त हुँदैन । वैज्ञानिक हिसाबले पनि मानव स्वास्थ्यका लागि यी चिजहरु निकै उपयोगी मानिन्छन् ।

तिल र गुडसँग जोडिएको वैज्ञानिक तथ्य

कर संक्रान्ति अर्थात माघे संक्रान्तिमा तिल र गुड किन खाने गरिन्छ यसको पछाडी वैज्ञानिक कारण छ । सामान्यतया चिसो मौसममा शरीरलाई तातोको आवश्यकता पर्छ यस्तो तातोपन उपलब्ध गराउन तिल र गुडले महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

किनकी तिलमा तेलको मात्रा धेरै नै हुन्छ । जसको सेवनले शरीरमा आवश्यक तेलको मात्रा पुर्ति गर्नुको साथै शरीरमा आवश्यक तातो अर्थात शक्ति पु¥याउँछ ।

तिलको लड्डुका खानुको फाइदा

उच्च रक्तचाप नियन्त्रणमा तिल मद्दतगार मानिन्छ । विभिन्न अनुशन्धानहरुले तिलमा पाइने तेलले उच्च रक्तचाप नियन्त्रण गर्ने पुष्टि गरेका छन् । साथै मुटुको लागि पनि तिल निकै फाइदाजनक मानिन्छ ।

तिलमा भएको म्याग्निसियमले मधुमेह रोगबाट टाढा राख्छ । तिलमा हुने फाइबरले पाचनक्रियालाई सन्तुलित राख्छ । साथै कब्जियत जस्ता समस्या निर्मूल पार्छ ।

खनिज तत्वले भरिपूर्ण

तिल र गुड सेवनले शरीर उर्जावान बनिरहन्छ । यसकारण जाडो मौसममा पार्ने मकर संक्रान्तिमा यी चिजहरु सेवन गरिन्छ । तिलमा कोपर, म्यानेशियम, ट्राइयोफान, आइरन, क्याल्सियम, फस्फोरस, जिंक, भिाटामिन बी१ र प्रचुरमात्रामा फाइबर पाइन्छ ।

चौथाइ कप तिलमा २०६ क्यालोरी शक्ति हुन्छ । तिलमा एन्टिअक्सिडेन्ट गुण पनि हुन्छ । जसले शरीरलाई ब्याक्टेरियाबाट मुक्त राख्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here