सिम्रिकद्धारा सुरक्षा सम्बन्धि तालिम

0
726

बिर्तामोड ।

झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यहरुलाई सामाजिक अपराध, कानूनी प्रक्रिया र प्रहरीले गर्ने सुरक्षाका बारेमा तालिम प्रदान गरेको छ ।

संस्थाको शिक्षा तथा तालिम उपसमितिको आयोजनामा भद्रपुर सेवाकेन्द्रमा आवद्ध शेयर सदस्यहरुलाई उक्त तालिम प्रदान गरिएको हो । पछिल्लो समय फेसबुक , ट्वीटर , ह्वाट्सएप , भाइवर ,इमोलगायतका सामाजिक सञ्जालबाट ठगीका घटना बढ्दो क्रममा रहेको र यस्ता घटनामा महिला बढी पीडित हुने गरेकाले संस्थामा आवद्ध महिला शेयर सदस्यहरुलाई यस्तो घटनाबाट जोगाउन तालिम प्रदान गरेको संस्थाका सचिव तथा शिक्षा तथा तालिम उपसमितिका संयोजक सुवास भट्टराईले बताए ।

संस्थाका सचिव तथा शिक्षा तथा तालिम उपसमितिका संयोजक सुवास भट्टराईको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरिक्षक एसपी कृष्णप्रसाद कोइरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शिक्षा तथा तालिम उपसमितिका सदस्य गणेशप्रसाद सुवेदीले स्वागत गरेका थिए ।

संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतले कार्यक्रमको औचित्यसहित संस्थाको बारेमा जानकारी गराएका थिए । उनले झापा जिल्लाभर कार्यक्षेत्र रहेको संस्थाले पहिलो पटक भद्रपुर सेवा केन्द्रमा आवद्ध शेयर सदस्यहरुलाई पहिलो पटक यस्तो तालिम प्रदान गरेको बताए ।

कार्यक्रमको सहजीकरण जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरिक्षक एसपी कृष्णप्रसाद कोइरालाले गरेका थिए । भद्रपुर सेवाकेन्द्रमा आवद्ध शेयर सदस्यहरुलाई एसपी कोइरालाले फेसबुक , ट्वीटर , ह्वाट्सएप , भाइवर ,इमोलगायतका सामाजिक सञ्जाल प्रयोग गरेर महिलालाई बिभिन्न प्रलोभन देखाएर ठगी गर्ने गिरोह सक्रिय रहेकोले यस्तो प्रलोभनमा नपर्न र यस्ता घटनामा सचेत रहन आग्रह गरेका थिए ।

त्यस्तै उनले समाजमा हुने विभिन्न किसिमका अपराध, अपराध हुने कारणहरु र त्यसलाई निराकरण गर्ने उपायहरुका बारेमा सहभागीहरुलाई अवगत गराएका थिए ।
कार्यक्रमको संचालन संस्थाका तालिम विभाग प्रमुख विजय बस्नेतले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here