फुस्को छाना हटाउदै रोङ गाँउपालिका

0
815

इलाम ।

रोङ गाउपालिकाले सर्बसाधारण नागरिकहरुले बासका लागि बनाएको घरको फुस्को छानो हटाने अभियान संचालन गर्ने भएको छ ।

आम नागरिकहरुको बासको सुरक्षा र गरिबिलाइ घटाउन गाउपालिकाले संचालन गर्ने गो अभियान यस बर्ष वडा नं ६ बाट थालिने भएको हो ।

चालु बर्षमा यो अभियान संचालन गर्न रोङ गाउपालिकाको गतट मंसिर १६ गते बसेको बिशेष गाउसभाले वडा नं ६ को लागि ५ लाख रुपैया बिनियोजन गरेको थियो ।

कसैले शोखले बनाएको फस्को छानो हटाउने हैन तर जस्तापाता किन नसकेर बाध्यताले बासको लागिबनाइएको फुस्को छानो हटाउन लागिएको गाउपालिकाका अध्यक्ष समसेर राइले बताए ।

अहिले वडा नं ६ मा यस्ता घरहरु कति छन भनेर बिबरण संकलन गर्ने काम भइरहेको छ बास्तबिक बिबरण आएपछि कति जस्ता पाता आवश्यक पर्छ र कसरी सहयोग गर्ने भनने निर्णय गरेर कार्यक्रम लैजाने र आफ्नो वडामा समयमा नै कार्य सम्पन्न गरी फुस्को छाना मुक्त वडा बनाउने वडाध्यक्ष मनिकुमार स्याङ्बो सुवासले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here