जति धेरै थपे पनि कमी हुन्छ एउटा
जे गरे नि हुन्न रैछ मान्छे कहिल्यै देउता
ओखती झैं अर्ती दियो उल्टै बैरी देख्छ
माया दियो आफ्नै शिरमा पाइतालाले टेक्छ
संङ्गालौं है सिङ्गै भन्यो उछिटिन्छ चोइटा
जे गरे नि हुन्न रैछ मान्छे कल्यै देउता
माया गरी सुम्सुम्यायो दास ठान्छ फेरि
गल्ती औंल्याइदियो भने हिंड्छ आँखा तरी
रमाउन्न उन्नतिमा व्यर्थै बन्छ सौता
जे गरे नि हुन्न रैछ मान्छे कैल्यै देउता
सुख जति आफू छान्छ दुख छुन्न भन्छ
सम्पत्तिमा ठूलो भाग बिना हुन्न भन्छ
र पो झोलमा डुब्या रैछ खानजाँदा चौटा
जे गरे नि हुन्न रैछ मान्छे कल्यै देउता

टंक विकल्प
बुद्धशान्ति, झापा ।



























