‘माइकल अधिकारी’ को छायांकन शुरु

0
1306

बिर्तामोड ।

पछिल्लो समय झापामा चलचित्रको छायांकन गर्ने क्रम बढेर गएको छ । यसैक्रममा झापाको बिर्तामोडमा बुधवारवाट चलचित्र ‘माइकल अधिकारी’ को छायांकन शुरु गरिएको छ ।

गोपीकृष्ण मुभिजको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘माइकल अधिकारी’को बिर्तामोडको बसपार्कमा शुभमुर्हुत गरिएको हो । चलचित्र ‘माइकल अधिकारी’को मुख्य भूमिकामा सौगात मल्ल र श्रृष्टी श्रेष्ठ रहेका छन् । त्यस्तै अन्य कलाकारहरुमा हेमन्त बुढाथोकी, आशान्त शर्मा, एनी कुँवर, विद्या कार्की, सुजना ढकाल, दिलिप बोहरा, ब्रिटेनी कलाकार जमाइमा टोम्स र झापाको नाट्य समूह परिवर्तन थिएटरका कलाकारको अभिनय रहेको छ ।

रञ्जित रौनियारको कथा , शैलेश कँडेल क्षेत्री को पटकथा तथा संवाद ,गीत दयाराम पाण्डे र शैलेश कँडेल क्षेत्रीको , संगीत शम्भूजीत वाँस्कोटा र निलेश सिंह, गायन नेपाल आइडलका विजेता रवि ओड, झापाली गायिका टीका प्रसाई र प्रविशा अधिकारीको रहेको छ ।

चलचित्र ‘माइकल अधिकारी’को निर्देशन रञ्जित रौनियार, मुख्य सहायक निर्देशन रामशरण कोइराला ,कला निर्देशन सन्तोष लामाको रहेको छ । त्यस्तै उद्धव पौडेलको प्रस्तुति रहेको चलचित्र ‘माइकल अधिकारी लाई निरक पौडेलले निर्माण गर्दैछन् ।

गोपीकृष्ण मुभिजको व्यानरमा निर्माण हुन लागेको चलचित्रले सेरोगेसी अर्थात भाडाको कोख सम्वन्धी कथाबस्तु समेटेको चलचित्रका निर्माता निरक पौडेलले बताए । बिर्तामोडमा भएको कार्यक्रममा सिने पत्रकार प्रकाश सुवेदी, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, नेपाल चलचित्र संघका पूर्व अध्यक्ष राजकुमार पोखरेल लगायतले शुभकामना दिएका थिए ।

झापा र इलामका विभिन्न स्थानमा छायांकन गरिने चलचित्र ‘माइकल अधिकारी’ लाई चैत २८ गते रिलिज गर्ने निर्माणपक्षले जनाएको छ । कार्यक्रमको सञ्चालन चलचित्रकर्मी राजेश घतानीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here