खुदुनाबारीमा निःशुल्क स्वास्थ्य शिविर

0
828

बिर्तामोड ।

झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा े खुदुनाबारीमा एक दिने निः शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

अर्जुनधारा नगरपालिका वडा नं. ३ खुदुनाबारीका शेयर सदस्यहरुलाई निः शुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उद्धेश्यले निः शुल्क स्वास्थ्य शिविर आयोजना गरिएको संस्थाका सचिव सुवास भट्टराईले जानकारी दिए ।

नोबेल मेडिकल कलेज एण्ड रिसर्च सेन्टर बिराटनगरको प्राविधिक सहयोगमा भएको शिविरमा जनरल मेडिसिन सेवा, मुटु रोग, बाल रोग, स्त्री तथा प्रसुती रोग, मानसिक तथा नशा रोग हाडजोर्नी, छाला तथा यौन रोग, नाक–कान–घाँटी, आँखा परीक्षण, दन्त परीक्षण, इसिजी सेवा लगायत प्रदान गरिएको अस्पतालका प्रशासन प्रमुख नारायणप्रसाद दाहालले जानकारी दिए । त्यस्तै शिविरमा भिडियो एक्स रे, प्याथोलोजी, इसिजीलगायत सेवा न्यून शुल्कमा गराइएको उनले बताए ।

शिविरमा ८५१ जनाले चेकजाँच गराएका थिए भने करिब ६५ हजार रुपैयाँ बराबरको औषधी पनि सहकारी संस्थाले निःशुल्क वितरण गरेको तालिम विभाग प्रमुख विजय बस्नेतले जानकारी दिए ।

स्वास्थ्य शिविरको उद्घाटन स्थानीय वयोवृद्ध वर्ष ८६ का खगेश्वर खतिवडाको स्वास्थ्य परीक्षण गरेर गरिएको थियो । संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतको अध्यक्षता तथा अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव सुवास भट्टराईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here