सिध्दी समस्या : छिट्टै समाधान हुनेमा दुबै पक्ष ढुक्क

0
927

गणेश अर्याल / इलाम ।

एक हप्ता सम्मपनि बार्ता हुन नसक्दा सिध्दी नहर सञ्चालनमा आउन सकेको छैन । नहर बन्द हुदा झापाको मेचीनगरपालिका वडा नम्बर १, २, ३ र ४ का किसानहरुले सिंचाइ गर्न पाएका छैनन् । नहरको पानीको आसमा यतिबेला त्यहाका किसानले आलु, गहु, तोरी, रायो लगायतको हिउदे तरकारी खेती गर्दै आएका थिए । चुरे क्षेत्रको ढुङगा गिटी को अबैध चोरी निकासी भएको भन्दै इलामको रोङ गाउपालिका ६ का स्थानीय बासीले नहर बन्द गराएपछि किसानहरुलाइ सिचाइमा समस्या भएको हो ।

चुरे दोहन गर्ने र खेती गर्ने किसान अलग अलग भएकाले पानी रोक्नुको अर्थ नभएको मेचीनगर १ का वडाअध्यक्ष पासाङ तामाङ बताउछन् भने पानी जाने र चोरी भएको ढुङगा जाने ठाउ एउटै भएकाले स्थानीय बासीले पानी रोकेको इलाम रोङ ६का वडा अध्यक्ष सुबास तामाङ बताउछन् । तर दुबै वडाका अध्यक्षहरु चोरी नियन्त्रण हुनु पर्छ भन्नेमा एकमत देखिएकाले समस्या चाडै समाधान हुनेमा स्थानीय भने ढुक्क रहेका छन् । चोरी निकासीमा प्रयोग गर्दै आएका केही ट्याक्टर पनि नियन्त्रणमा लिएर स्थानीयले सलकपुर प्रहरी चौकीलाई बुझाएका छन् ।

पानी बन्द भएपछि मेचीनगरपालिका क्षेत्रका उपभोक्ताहरुले बाटो र बिजुली बन्द गर्ने बिषयमा आन्तरिक छलफल भइरहेको आफूले थाहा पाएर त्यसो नगर्न आग्रह गरेको मेचीनगर १ का वडाअध्यक्ष पासाङ तामाङले बताए । ‘ट्याक्टर नियन्त्रण चोरी, निकासी नियन्त्रण लगायतको काममा मेचीनगरले सहयोग गर्न हामी तयार छौ, मेचीनगर १का वडाअध्यक्ष तामाङले भने— जसले नहर बन्द ग¥यो उसैले उठाउनु पर्छ भन्ने उपभोक्ताको भनाइ हो ।

यस अघि रोङ ६मा सर्बपक्षीय भेला बसी एक आपसमा सम्झौता गरिएको रोङ ६ का वडाअध्यक्ष सुबास तामाङले बताए । ‘तर सम्झौता अनुसार काम नभएको र चोरी निकासीको कारण नहर धरापमा पर्ने भएकाले दबाब मुलक रुपमा ढुङगा संरक्षण गर्ने पबित्र उद्देश्यले नहरबन्द गरिएको भन्ने रोङका जनप्रतिनिधिले मुल्याङकन गरेको रोेङ ६ का वडाअध्यक्ष तामाङको भनाइ छ ।

उनले भने ट्याक्ट्र धनी र उपभोक्ता एकै भएको, चोरी निकासीको ढूङगा मेचीनगर १ मा संकलन हुने र चोरी निकासीको कारण नहर सगै बस्ती धरापमा परेको पनि बताए । उनले बार्ता बस्नु भन्दा पहिले नै २ वटा शर्त पुरा गर्नुपर्ने बताएका छन् । रोङ ६ का वडाअध्यक्ष तामाङका अनुसार मेचीनगर १ मा थुपारिएको रोङको क्षेत्रबाट चोरी भएको ढुङगा निकासीमा पूर्ण रोक लगाउनु पर्ने र जनप्रतिनिधि, सिध्दिनहर उपभोक्ता समिति तथा तस्करीमा सम्लग्न सबारी धनीहरुको सम्युक्त टोली सग मात्रै बार्ता बस्ने पुर्व सर्त पुरा भएमा मात्रै बार्ताको बतावरण बनिने छ ।

उता सिध्दि नहर उपभोक्ता समितिका अध्यक्ष निलकण्ठ तिवारीले नहरको गेटको चाबी लगेकाले नहर बन्द भएको र स्थानीय उपभोक्ता मारमा परेको बताए । उनले ढुङगा चोरी हुदा पानी बन्द गर्नु सान्दर्भिक नभएको उनले बताए । उता दुबै स्थानीय तहको प्रमुख स्तरमा बसेर छलफल भए समाधान हुने रोङ गाउपालिका का अध्यक्ष शमसेर राईले बताए ।

यो बिषयमा कुरा पनि भइरहेकाले छिट्टै निकास निस्कने अध्यक्ष राईको भनाइ छ । सम्बन्धित पक्षले समस्याको भित्री कुरा बुझेर अरु थप समस्या आउनु अगाडि नै समाधान खोज्न चासो देखाउनु पर्ने दुबै पालिकाका स्थानीय बासीको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here