जलकन्यादेवी मन्दिरको पुर्ननिर्माण गर्न दाताहरुबाट सहयोग

0
1058

अर्जुनधारा ।

जीर्ण अवस्थामा रहेको झापाको अर्जुनधारा–१० चुथाईस्थित जलकन्यादेवीको मन्दिर पुर्ननिर्माण गर्न दाताहरुले नगद तथा निर्माण सामग्री प्रदान गरेका छन् ।

सम्पूर्ण प्राणी जगतको कल्याणसँगै मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलकोरुपमा विकास गर्ने उद्धेश्यले आयोजित तेस्रो अनुष्ठानको अवसरमा उनीहरुले नगद तथा निर्माण सामग्री प्रदान गरेको मन्दिर व्यवस्थापन समितिका सचिव ओमप्रकाश भट्टराईले बताए ।

समितिका सचिव ओमप्रकाश र तारा भट्टराईबाट ५६ हजार, चन्द्रशेखर र नित्यादेवी दाहालबाट ५५ हजार, जलकन्या भजन किर्तन मण्डलीबाट २५ हजार, डम्बर तामाङबाट १६ हजार, भीम मिश्रबाट १५ हजार, ज्योती खरेलबाट ११ हजार एक सय रुपैयाँ, विदुर र सीता खतिवडाबाट १० हजार पाँच सय रुपैयाँ, रुद्रप्रसाद खतिवडाबाट १० हजार एक सय पाँच रुपैयाँ, इश्वर र ममता श्रेष्ठबाट १० हजार प्राप्त भएको बताइएको छ ।

त्यसैगरी विदुर खतिवडाबाट दुई ट्याक्टर ढुंगा, भूपालराज कार्कीबाट १० बोरा सिमेन्ट, मनिषा श्रेष्ठको स्मृतिमा मछिन्द्र र प्रेमकला श्रेष्ठबाट १० बोरा सिमेन्ट, होमनाथ भण्डारीबाट एक ट्याक्टर बालुवा, पूष्पराज घिमिरेबाट एक ट्याक्टर ढुंगा, देवी मुखियाबाट पाँच ट्याक्टर गिटी, गोपाल लाम्गादेबाट डेढ ट्याक्टर बालुवा, गोविन्द शिवाकोटीबाट एक ट्याक्टर इटा, चन्द्र सापकोटाबाट १० बोरा सिमेन्ट, जीवन कडरियाबाट एक ट्याक्टर इटा, सञ्जिप सापकोटाबाट डेढ ट्याक्टर गिटी, डेढ ट्याक्टर ढुंगा र डेढ ट्याक्टर बालुवा, दिपक हुमागाईंबाट २० बोरा सिमेन्ट समितिलाई प्राप्त हुने सचिव भट्टराईले बताए ।

नगद र जिन्सीसहित १० लाख भन्दा बढीको सहयोग प्राप्त भएको अनुष्ठान अन्र्तगत पाँच सय जना भन्दा बढी दाताहरुलाई समितिकोतर्फबाट रुद्राक्षको माला लगाई सम्मानित गरिएको थियो ।गत पुस २६ देखि सुरु भएको संगीतमय शिव महापुराण पुराण पुजन पूर्णाहुती, तिलक प्रसाद वितरण यज्ञ समिक्षासहित मंगलबार समापन भएको छ ।

पूराण आयोजक समितिका संयोजक पदमलाल श्रेष्ठको अध्यक्षतामा आयोजित समापन कार्यक्रममा योगी नरहरिनाथ अन्तराष्ट्रिय प्रतिष्ठानका अध्यक्ष गोविन्द काफ्ले, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बखतबहादुर कटुवाल, सञ्चार उपसमितिका सहसंयोजक जीवन कडरियालगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव भट्टराईले गरेका थिए ।

प्रथम महिला जगतगुरु शंकराचार्य हेमानन्द गिरीबाट उद्घाटन भएको महापुराणको प्रमुख वाचक पण्डित नेत्रप्रसाद भट्टराई र उपवाचक पण्डित खगेन्द्र निरौला रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here