मन्टेश्वरी नवौं वार्षिकोत्सव सम्पन्न

0
334

बिर्तामोड ।

नवनित एकेडेमी(वोस्टन इन्टरनेशनल मन्टेश्वरी स्कूल) नवौं वार्षिकोत्सव सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष उमा शिवाकोटीको अध्यक्षता तथा अर्जुनधारा नगर प्याब्सनका अध्यक्ष रुद्र सिटौलाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा विद्यालयकी प्रिन्सीपल रिता वाँस्तोलाले बिद्यालयको गतिविधीसहित औचित्यमाथि प्रकाश पारेकी थिइन् ।

कार्यक्रममा पत्रकारिताको माध्यमबाट विद्यालयको शैक्षिक उन्नयनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै पूर्वाञ्चल दैनिकलाई सम्मान गरिएको थियो । उक्त सम्मान पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौलाले ग्रहण गरेका थिए ।

कार्यक्रममा गोर्खा फाउण्डेशनका अध्यक्ष वीरु दर्नाल , अभिभावक सुनिता चम्लागाईं लगायतले शुभकामना मन्तव्य राखेका थिए भने बिद्यार्थीहरुले गीत, नृत्य, राइम्स, वक्तृत्वकला , लाइभ म्युजिक प्रस्तुत गरेका थिए । कार्यक्रममा बिद्यालयमा आयोजना गरिएको विभिन्न प्रतियोगितामा विजयी हुने विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा विद्यालयका संस्थापकहरु मिना वाँस्तोला , विश्वनाथ वाँस्तोला , विनित वाँस्तोला , मन्टेश्वरी एशोसिएसनका अध्यक्ष अनुप रोय, इजीकेयर मन्टेश्वरी एण्ड ट्रेनिङ सेन्टरकी संस्थापक प्रिन्सिपल सपना प्रसाईं ओडारी, अर्जुनधारा नगरपालिका वडा नं ६ का वडाध्यक्ष लोकनाथ गौतम , अर्जुनधारा नगरपालिकाका प्रशासकिय अधिकृत डेनजनी आचार्य , समाजसेवी गोमादेवी लुईंटेल लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रमको सञ्चालन सञ्चारकर्मी स्वस्तका आचार्यले गरेको विद्यालयका कर्मचारी सुमन पौडेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here