छात्राहरु चिच्याउन, कराउन र मुर्छापर्न थालेपछि अध्ययन अध्यापनमा समस्या

0
1103

लक्ष्मी उप्रेती / काँकरभिट्टा,

झापाको मेचीनगर— ४ मा रहेको पशुपति माध्यमिक विद्यालय आमडाँगीमा अध्ययनरत छात्राहरुमा मास हिस्टेरिया कन्भर्जन डिसअर्डर देखिन थालेपछि अध्ययन अध्यापनमा समेत समस्या भएको छ ।

शुरु शुरुमा एक दुईजना छात्रामा देखिएको मास हिस्टेरिया कन्भर्जन डिसअर्डर डेढमहिनादेखि दुईदर्जन बढि छात्रामा देखिएको प्रधानध्यापक लक्ष्मण प्रधानले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरुमा चिच्याउने, कराउने, मुर्छापर्ने लक्षण देखिन्छ । धेरै जना घण्टौ घण्टासमम वेहोस हुने गरेका छन् ।

विशेषगरी कक्षा ८,९ र १० का छात्राहरुमा यस्तो लक्षण देखिएको छ भने सवैभन्दा बढी ९ कक्षामा अध्ययनरत छात्रामा यो समस्या देखिएको छ । धेरै छात्राहरु एकैपटक चिच्याउँने मुर्छा पर्ने गरेका कारण पढाई समेत प्रभावित बनेको विद्यालयले जनाएको छ । त्यस्तो वेलामा धेरैलाई घर पुर्याउनुपर्ने अवस्था समेत हुन्छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेनुका वरालले छात्राहरुको आत्मबल कमजोर हुन नदिन उनीहरुलाई परामर्श दिने गरेको तथा चिकित्सकहरुसँग परामर्श गरी समस्याको समाधान खोज्ने बताउनुभयो ।

जतिवेला विद्यालय समय र पढाई शुरु हुन्छ त्यसवेलााबट अधिकाँश छात्रामा यस्तो समस्या पैदा हुने विद्यालयले जनाएको छ । पछिल्लो समयदेखि त उनीहरु विहानकै समयमा समेत वेहोस हुन थालेका छन् । यसले गर्दा पढाईमा झन समस्या भएको छ । विद्यालयले त्यस्ता छात्राहरुलाई पटक पटक धामीझाँक्री लगाईरहेको छ । विद्यालयमा समेत दुई पटक धामी राखेपनि समस्या ज्यू का त्यू रहेको छ ।

घरमा बसुञ्जेल केहि नहुने विद्यालयमा आएपछि चिच्याउने, कराउने, मुर्छापर्ने लक्षण अनि घर लैजादा ठिक हुने हुदा अभिभावक समेत अच्चमित बनेका छन् । स्वास्थ्यकर्मीका अनुसार यस्तो लक्षणमा उनीहरुलाई धामीझाँक्री भन्दा पनि परामर्शको खाचो हुने बताउँछन् ।

चिकित्सकिय भाषामा यसलाई मास हिस्टेरिया तथा अहिले ‘कन्भर्जन डिसअर्डर’ भनिने गरिएको छ । यसबाट आत्तिहाल्नुपर्ने अवस्था नरहेको तथा सामान्य रोग भएको उनीहरुको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here