भ्रमण वर्ष २०२० लाई दुर्घटनारहित बनाउन डीएसपी पोखरेलको आग्रह

0
488

लक्ष्मी उप्रेती/ मेचीनगर ।

हरेक यात्रुलाई सुरक्षितरुपमा गन्तव्यमा पुर्याउने जिम्मा प्रत्येक चालक सहचालकका काँधमा रहेको झापाको मेचीनगरमा मंगलबार आयोजित कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

भ्रमण वर्ष २०२० लाई दुर्घटनारहित बनाउने उद्देश्यले नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेचीनगरले आयोजना गरेको दुघर्टना न्यूनिकरण राष्ट्रिय अभियान अन्तर्गत यातायात मजदुर प्रशिक्षण कार्यक्रममा सहभागीले यस्तो बताएका हुन् ।

प्रशिक्षणका मुख्य प्रशिक्षक रहनु भएका इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले दुर्घटनाका कारण संयौको घरवार उजाडिएका घटना सुनाउँदै दुर्घटनाकै कारण थुप्रैको जीवन अपांग भएर जीवन मरनको दोसाधमा रहेर मर्नु न बाच्नु सरह बनेको कुरा प्रशिक्षार्थीहरुलाई सुनाउनुभयो ।

हरेक चालक आफ्ना सवारी साधन भित्र रहेका यात्रुका लागि भगवान रहेको र आफ्ना भक्तहरुलाई मन्दिरमा दर्शनका लागि सुरक्षितरुपमा पुर्याउनु भगवानको कर्तव्य भएको प्रहरी नायव उपरीक्षक पोखरेलको भनाई थियो ।

अब हरेक चालकहरु भ्रमण वर्ष २०२० लाई दुर्घटनारहित बनाउन लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । क्षमताभन्दा बढी यात्रु नओसार्न, यात्राका क्रममा मदिरा सेवन नगर्न र यात्रुहरसँग नम्र भएर प्रस्तुत हुन चालक, सहचालक तथा परिचालकहरुलाई उहाँले आग्रह समेत गर्नुभयो ।

सवारी साधनको अवस्था समय समयमा दुरुस्त रहे नरहेको चेकजाँच गर्न, यात्रुहरुको संख्या, नाम र ठेगानाको अभिलेख राख्न, चालकले सवारीको गन्तव्य, लाग्ने समय, रोकिने स्थानहरुको बारेमा प्रस्थान हुनु पूर्व सवैलाई अनिवार्य सवै जानकारी दिन, यात्रुहरुसँग मित्रवत व्यवहार गर्न, यात्रुमैत्री, गति सिमित गर्न, ट्राफिक नियमको पूर्ण पालना गर्न, यात्रुहरुको सामानहरुको सुरक्षाको प्रवन्ध मिलाउन, छुटेमा नजिकको प्रहरी कार्यालयमा बुझाउन, सिट क्षमता भन्दा बढि तथा छतमा यात्रु नराख्न, घटना सम्बन्धमा तत्काल जानकारी दिन र सम्पर्क गर्ने कुरामा चालक तथा परिचालकले ध्यान दिनुपर्ने प्रशिक्षणका क्रममा उहाँले जानकारी गराउनुभयो ।

सवारी साधनमा यात्रा गर्दा आफ्नो सरसामानहरुको बारेमा चालक तथा सहचालकलाई जानकारी गराउने, ज्येष्ठ नागरिक, महिला बालबालिकालाई सम्मान गर्न, मादक पदार्थ सेवन गरेर यात्रा नगर्न, अनावश्यक हरकत, हल्ला, क्रियाकलाप नगर्न, चालक तथा सह चालकले मादक पदार्थ सेवन गरेको थाहा पाए तुरुन्त प्रहरीलाई जानकारी गराउने, मुल्यवान वस्तु लगाएर सकेसम्म यात्रा गर्नेलगायतका कुरामा यात्रुले ध्यान दिनुपर्ने उहाँको भनाई थियो ।

मेचीनगरलाई शान्त नगर वनाउन ध्वनी प्रदुर्षण वा हरन निषेधित क्षेत्र बनाउन समेत उहाँको जोड थियो । हरेक महिलालाई सम्मान गदैं समान अवसर दिन समेत उहाँले सवैसँग आग्रह गर्नुभयो । सवारी साधन प्रयोग गरे कसैले आपराधिक गतिविधि गरे तत्कालै प्रहरीलाई खवर गर्न तथा खवर गर्नेको गोप्यता प्रहरीले राख्ने उहाँको भनाई थियो ।

प्रशिक्षक अस्थायी ट्राफिक प्रहरी पोस्टका प्रमुख ट्राफिक प्रहरी नायव निरीक्षक कालीदास रेग्मीले हरेक सवारीधनी तथा चालकले आफ्ना सवारी साधनका आवश्यक कागजात, सवारी चालक अनुमती पत्र चुस्तदुरुस्त राख्नुपर्र्ने बताउनुभयो ।

आफ्ना कागजात कमजोर भए त्यस बखत दुर्घटना हुन गए आफु कमजोर हुने भएकाले समय समयमा सम्बन्धित निकायमा गएर कर तिर्न कागजात नवीकरण गर्न समेत उहाँको आग्रह थियो । सरकारलाई ढाटेर वा कर छलेर कसैले व्यवसाय सञ्चालन गर्छ भने कुनै न कुनै बेला उ दण्डित हुने प्रष्ट पार्नुभयो । हरेकले चालक तथा यातायात व्यवसायीहरुले सवारी तथा ट्राफिक नियम पालना गर्नु पहिलो कर्तव्य रहेको उहाँले बताउनुभयो ।।

यातायात व्यवसायी तथा मजदुरका समस्याप्रति आफु राम्रोसँग जानकार भएकाले कहि कतै कसैले करका नाममा कसैलाई अनावश्यक दुःख दिए तत्काल नगरपालिका तथा नजीकैको इलाका प्रहरी कार्यालयमा खवर गर्न उहाँले सवैलाई अनुरोध गर्नुभयो । आफ्ना हरेक सवारी साधनलाई यात्रुमैत्री बनाउन आग्रह गदैं प्रनानि रेग्मीले आफ्नो पेशालाई मर्यादित बनाएर अनुशासीत भएर जिम्मेवारपूर्वक सञ्चालन गर्न समेत सम्बन्धितपक्षलाई सुझाँव दिनुभयो ।

उहाँले जताभावी सवारी साधन पार्किङ गर्दा सडक जाम हुने, बजारसहित विभिन्न ठाउँहरु अस्तव्यस्त हुने हुँदा त्यसलाई व्यवस्थित बनाउने र मेचीनगरलाई स्वच्छ सफा हरियाली र हराभरा बनाउने जिम्मा सवैको काँधमा रहेको बताउनुभयो । उहाँले हरेक सवारी साधनको भाडादरमा एकरुपता हुनुपर्ने बताउदैं कसैले पनि आफुखुशी भाडा बृद्घि नगर्न जोड दिनुभयो ।

प्रहरी—समुदाय साझेदारी कार्यक्रम अन्तर्गत संगठनका अध्यक्ष खडानन्द भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नगरक्षेत्रमा भिन्नै पहिचान स्थापित गरेको भन्दैं मेचीनगर—७ की सिटि रिक्शा चालक सृष्टि सिटौलालाई सम्मान गरिएको थियो ।

सचिव दुर्गा खड्काले सञ्चालन गरेको कार्यक्रममा मेची समाुदायिक प्रहरी सेवा केन्द्रका उपाध्यक्ष वीना तामाङ, सरस्वती प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यष हिरामोहन राजवंशी, मजदुर नेता धनराज लिम्बुलगायतले बोल्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here