विपन्न वर्गका परिवारलाई कम्वल वितरण

0
885

बिर्तामोड ।

ईलाम झापा मैत्री समाज नगर समिति बिर्तामोडले इलामको माइजोगमाई गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविरसहित विपन्न वर्गका परिवारलाई कम्वल वितरण गरेको छ ।

ईलाम झापा मैत्री समाज नगर समिति बिर्तामोडकी अध्यक्ष तिलोत्तमा खत्रीको अध्यक्षता तथा माइजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा ईलाम झापा मैत्री समाज जिल्ला समिति झापाका अध्यक्ष कमलप्रसाद पौडेलले स्वागत गरेका थिए ।

कार्यक्रममा माइजोगमाई गाउँपालिकाकी उपाध्यक्ष सावित्रा भट्टराई , ईलाम झापा मैत्री समाज जिल्ला समिति झापाका निवर्तमान अध्यक्ष श्यामप्रसाद खड्गी लगायतले शुभकामना मन्तव्य राखेको कोषाध्यक्ष अञ्जु लामिछानले जानकारी दिइन् ।

कार्यक्रममा माइजोगमाई गाउँपालिकाका ७० जना विपन्न विपन्न वर्गका परिवारलाई कम्वल वितरण गरिएको थियो । माइजोगमाई गाउँपालिकाका प्रत्येक वडाबाट विपन्न वर्गका परिवारको छनौट गरी उनीहरुलाई कम्वल वितरण गरिएको बताइएको छ ।

सोही कार्यक्रममा माइजोगमाई गाउँपालिकाको सहयोग र कनकाई हस्पिटल बिर्तामोडको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर गरिएको थियो ।

शिविरमा छ वर्षका वालवालिकादेखि ९० वर्षसम्मका वृद्धवृद्धाहरुले स्वास्थ्य परिक्षण गराएका थिए । शिविरमा सहभागी दुई सयभन्दा वढीलाई औषधि समेत निःशुल्क वितरण गरिएको थियो ।

ईलाम झापा मैत्री समाज नगर समिति बिर्तामोडले स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेका माइजोगमाई गाउँपालिकावासीलाई निः शुल्क स्वास्थ्य सेवा प्रदान गरेकोमा माइजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईले धन्यवाद दिएका थिए । कार्यक्रमको सञ्चालन ईलाम झापा मैत्री समाज नगर समिति बिर्तामोडका सचिव दिनेश भट्टराईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here