आस्था राउत चार हजार रुपैयाँ धरौटीमा रिहा

0
1140

काठमाण्डौ,

अभद्र व्यवहारसम्बन्धी कसुरमा पक्राउ परेकी गायिका आस्था राउत चार हजार रूपैयाँ धरौटीमा छुटेकी छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले आदेश दिएसँगै प्रहरीले राउतलाई धरौटीमा छाडेकाे हाे । राउतविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा काठमाण्डौ प्रहरी परिसर, टेकुमा किटानी जाहेरी परेको थियो ।

जिल्ला प्रशासन कार्यालयले नै  प्रहरीमाथि दुर्व्यवहार गरेको आरोप लागेकी गायिका आस्था राउतलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here