बाल सुबोधिनीको ५२ औं वार्षिककोत्सव

0
691

दुहागढी ।

झापा दुहागढी स्थित बाल सुबोधिनी आधारभूत विद्यालयको ५२ औं वार्षिककोत्सव मंगलबार सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल सुब्बाको सभापतित्वमा सम्पन्न कार्यक्रममा आधा दर्जन व्यक्तिहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा बर्ष उत्कृष्ट शिक्षक मेनुका सुवेदी, व्यवस्थापन समितिका पूर्व अध्यक्ष भोला सुवेदी, समितिका पूर्व सदस्यहरु लालमहमद मिया, माधव प्रसाद काफ्ले, ताजमदिन मिया, अक्षयकोष दाता रामप्रसाद रिजाल र संचारकर्मी विजय बराल रहेका छन् ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद गोपाल चन्द्र बुढाथोकी, विशिष्ट अतिथि मेचीनगर १४ का वडा अध्यक्ष शंकर प्रसाद पोख्रेल, नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकाल र शिक्षक महासंघ झापाका निवर्तमान अध्यक्ष तेजप्रसाद चम्लागाईंले संयुक्त रुपमा फुलमाला र प्रशंसा पत्रबाट सम्मान गरेका थिए ।

कार्यक्रममा समाजसेवी रामकुमार कन्दङ्वाले आफ्नी दिवंगत छोरी रञ्जना कन्दङ्वाको स्मृतिमा स्थापना गरिएको रञ्जना स्मृति छात्रबृत्तिबाट जनही १ हजार ५ सय रुपैयाँका दरले १४ जना छात्राहरुलाई पुरस्कृत गरिएको थियो ।

त्यसैगरी विभिन्न दाताहरुबाट स्थापना गरिएको अक्षयकोषबाट जनही २ हजार रुपैयाँ दरको रघुनाथ स्मृति छात्रबृत्ति, देवीप्रसाद नैनकला छात्रबृत्ति, जयप्रसाद राधादेवी छात्रबृत्ति, हिमादेवी छात्रबृत्ति, रामप्रसाद शिवमाया छात्रबृत्तिबाट २५ जना जेहेन्दार विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विश्व थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि मेचीनगर नगरपालिकाका शिक्षा अधिकारी होमनाथ भण्डारी, कार्यपालिकाकी सदस्य बिन्दा प्रसाईं, बिशिष्ट अतिथि पोख्रेल र प्रमुख अतिथि बुढाथोकीले मन्तव्य राखेका थिए । शिक्षक पदम प्रसाद मिश्रले संचालन गरेको कार्यक्रममा स्वागत बाल क्लबकी सचिव श्रेया काफ्लेले गरेकी थिइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here