एमसीसीका केही विवादित वुँदा सच्याइनु पर्छ

0
745

मेदनी प्रसाई

सामाजिक संजालमा नागरिक स्तरबाट एमसीसी (मेलिनियम च्यालेन्ज कम्प्याक्ट) का बारेमा नकारात्मक टिप्पणी आउनु राज्यले गरेको अपारदर्शी सम्झौताको परिणाम हो ।किनकि यो सम्झौताका बारेमा जे जति जानकारी हामी नागरिकले प्राप्त गरेका हुन्छौ त्यसैका आधारमा आफ्नो अभिमत निर्माण गर्ने हो । तर, विडम्बना ,राष्ट्रिय मुद्दामा यति धेरै चिन्ता र चासो व्याक्त गर्दै नागरिकहरु ध्रुविकृत हुँदा पनि राज्यले नागरिकलाई सुसूचित गराउन यो संझौताको कपि सार्वजनिक गर्न आवश्यक ठान्दैन । बरु जसरी भएपनि यसलाई संसदबाट चाँडो भन्दा चाँडो पास गरी कार्यनयन गर्न चाहान्छ । यो कस्तो लोकतान्त्रिक सरकार हो ? यो सरासर नगरिक सर्वच्चताको अवमूल्यन हो ।

एमसीसीका बारेमा हामी नगरिहरु पनि आवश्यकता भन्दा बढी प्रतिकृयात्मक भएको हो कि ? हुनत यो स्वभाविक पनि हो । किनकि हिजो टनकपुरदेखि पन्चेस्वर हुँदै महाकालीसम्म हामीलाई आकर्षक प्याकेज देखाएर सहजै संसदबाट पास गरिएकै हो । आज त्यसको अवस्था के छ ? हो यहाँनेर आम नगरिक चिन्ता ।

हामी नागरिकले यस्ता विषय वस्तुप्रति आउने स्वभाविक चिन्ता र प्रतिक्रियाको कारण संजालनै नकारात्मकता उन्मुख हुने गर्दछ । यसमा हामीले व्याक्त गर्ने प्रतिक्रिया आफ्नो अन्तर बुझाई भन्दा पनि कसैको भावनात्मक आवेग र नकारात्मक विश्लेषणको परिणाम हुँदैन भन्ने आधार छैन भन्दा सायदै फरक नपर्ला ।

यस क्रममा एमसीसी पनि स्वार्थ परक प्रतिकृयात्मक रुपमा कसैको नकारात्मक विश्लेषणको अंश बनेको हो । अथवा वस्तविकता । यसको अन्तर मूल्यांकन अवाश्यक हुन सक्छ । यसकालाागि भाइरल आवेगात्मक टिप्पणीलाई आफ्नो प्रतिकृयात्मक र वैचारिक दृष्टिकोण बनाउने कि विज्ञको विश्लेषण र प्रतिकृयालाई ?

म आफूले पनि माथिकै जस्तो विश्लेषणको टिप्पणीका आधारमा एमसीसी प्रति नकारात्मक धारणा बनाएकोमा डा.स्वर्णिम वाग्ले जस्ता विज्ञहरुको राय तथा स्पष्टिकरणले यस प्रतिको क्रोनिक र नकारात्मक धारणामा पुनःविचार गर्ने अवस्थामा पुग्नै पर्ने भयो । एमसीसीका बारेमा जसरी सम्झौतामा उल्लेख नगरिएका विषय तथा असमान सर्तहरुलाई सम्झौताकै अंश भन्दै जसरी भ्रमित गरिएको छ, हामी यसैका पछि दौडिएर अपमान जनक गालिगलौजमा नै राष्ट्रवाद खोजी रहेका छौ । हामी वर्तमान भन्दा भविश्य परोक्षमा बढी चिन्तित देखियौ,जुन अस्वभाविक हो ।

अन्त्यमा ,यो सम्झौतामा उल्लेखित राष्ट्रिय हित विपरितका केही बुँदा विज्ञको सल्लाह सुझावमा सच्याइनु पर्दछ । मेरो अनुरोध,तपाईं पनि कुनै मुद्दामा सस्तो प्रचारात्मक प्रतिक्रिया मै प्रतिकृयात्मक बन्ने कि , विश्लेषणत्मक प्रतिक्रियामा ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here