हर्पिक खाँदा छात्रा विद्यालयमै सिकिस्त

0
380

बिर्तामोड।

झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा रहेको कनकाई माध्यमिक बिद्यालयमा अध्ययनरत् एक छात्राले विद्यालय परिसरमै शौचालय सफा गर्न राखिएको हर्पिक खाँदा सिकिस्त विरामी भएकी छिन् ।

माघ १६ गते हुने सरस्वती पूजाको साथीहरुसँगै तयारी गरिरहेकी १५ वर्षीया किशोरीले शौचालय गएर बुधबार दिउँसो हर्पिक खाएको बताइएको छ । कनकाई नगरपालिका–४ घर भएकी कक्षा ९मा अध्ययनरत् किशोरी हर्पिक खाएर सिकिस्त बिरामी भएपछि साथीहरुले उनलाई अस्पताल ल्याएका थिए ।

कनकाई नगरपालिकामा रहेको एक क्लिनिकमा उपचारका लागि ल्याइएकी छात्राको त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित पूर्ण टुङ्ग बिर्तासिटी अस्पताल ल्याइएको र सघन उपचार कक्षमा राखेर उपचार भइरहेको अभिभावकले बताएका छन् ।

यता सो विषयमा विद्यालयका प्रधानाध्यापक कर्णबहादुर डाँगीलाई जानकारी लिँदा आफूलाई त्यस विषयमा थाह नभएको र तत्काल शिक्षकलाई वुझ्न पठाउने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here